काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा रहेको र गैरआवासीय नेपालीलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्र बिक्रीमा ल्याउने भएको छ ।

राष्ट्रबैंकले पुस १ गतेदेखि नेपाल सरकारको रु. २० करोडको वैदेशिक रोजगार बचतपत्र २०८१ को बिक्री खुलाउने भएको हो ।

यो बचतपत्रका लागि वार्षिक वार्षिक १० प्रतिशतकार दरले ब्याज पाइनेछ । ६/६ महिनामा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी ५ वर्षमा साँवा भुक्तानी हुनेछ । चाहेको समयमा बिक्री गर्न वा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

यो बचतपत्र बिक्री गर्नका लागि विभिन्न १० वित्तीय संस्थाहरुलाई राष्ट्रबैंकले एजेन्ट तोकेको छ । जसमा सिटिजन्स् बैंक इन्टरनेसनल, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सेन्चुरी कमर्सिल बैंक, प्रभु बैंक र सेवा रेमिट प्रालि छन् । यी बैंक तथा वित्तीय सस्थाहरुबाट बचतपत्र खरिद गर्न सकिनेछ ।

 यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीमात्र) का नाममा खरिद गर्न सकिनेछ ।

यो बचतपत्र पुस २१ गतेसम्म बिक्री खुला गरिनेछ ।