काठमाण्डौ । बहुप्रतिक्षित ‘केटीएम–३९० एड्भेन्चर’ बाइक लन्च हुनुअगावै बुकिङ सुरु गरिएको छ ।

सन् २०२० को जनवरीमा लन्च हुुने यो बाइकको डिलरमा यसको अनौपचारिक बुकिङ सुरु भइसकेको छ । यसको औपचारिक बुकिङ भने एक सातापछि मात्रै हुनेछ ।

यो बाइक पहिलोपटक ईआरसीएमए २०१९ को मोटरसाइकल सोमा प्रर्दशन गरिएको थियो । यो बाइक ३९० ड्युकमा आधारित छ । यसको स्वरुप भने कम्पनीको हेभी एड्भेन्चर बाइक–७९० बाट लिइएको छ । ३९० एड्भेन्चरमा एलइडी डीआरएलको साथमा स्प्लिट एलइडी हेडल्याम्प, एउटा फ्लाई स्क्रिन र कम्प्याक्ट फ्युल ट्यांक दिइएको छ ।

यो अफ रोड बाइक भएकोले यसमा चौडा ह्यान्डलबार, नकल गार्डस, मेटल ब्यास प्लेट र ड्युल प्रपज टायर रहेको छ । यो बाइकको विशेषता भनेको यो बाइक स्पोक वायर रिममा नभएर एलोई ह्विल्जमा उपलब्ध हुनेछ । यसको मतलब यो बाइ हाडकोर अफ रोड बाइकको तुलनामा बढी नै सफ्ट रोडर हुुनेछ ।

यस्तै यो बाइकको ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ । जसका कारण यसलाई कच्चा बाटोमा समेत सजिलै चलाउन सकिनेछ ।

यो बाइकमा टीएफटी डिस्प्ले दिइएको छ जसमा स्पिड, आरपीएम, गियर पोजिसन इन्डिकेटर, एबीएस स्टाटस र  रियल टाइम माइलेज तथा अन्य जानकारीहरु देख्न सकिनेछ । यो डिस्प्लेसँग राइडरले आफ्नो स्मार्टफोन पनि कनेक्ट गर्न सक्नेछन् । जसको सहायताले उसले टेक्सट म्यासेज, म्युजिक आदि म्यानेज गर्न सक्नेछ ।

केटीएमको यो नयाँ बाइकको इन्जिनको क्षमता ३७३.२ सीसीको रहेको छ । यो इन्जिनले ४३ बीएचपी तथा ३७ एनएम पिक टार्क जेनेरेट गर्दछ । इन्जिन स्लिपर क्लचका साथमा ६ स्पिड गियरबक्सले सुसज्जित रहेको छ । प्रभावकारी थ्रोटल रेस्पोन्सका लागि यो बाइकमा राइड बाई वायर सिस्टम पनि रहेको छ ।

ब्रेकको कुुरा गर्दा बाइकको अगाडि ३२० एमएम रियर र पछाडि २३० एमएम डिस्क ब्रेक रहनुका साथै यसमा ड्युल च्यानल एबीएस पनि रहेको छ। सुरक्षाका लागि यसमा ‘लिन’ एंगल सेन्सेटिभ ट्याक्सन कन्ट्रोल सिस्टम, स्विचेबल कर्नरिङ एबीएस र अफ रोड मोडजस्ता विशेषता छन् । –एजेन्सी