काठमाण्डौ । आउँदो शनिबार काठमाण्डौको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा बाइक रेसिङ प्रतियोगिता ‘टीभीएस रेसिङ’ हुने भएको छ ।

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१९ नामक प्रतियोगिताको मुख्य प्रायोजक नेपालमा टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स रहेको छ । मोटर स्पोर्ट्स नेपालले आयोजना गर्न लागेको यो प्रतियोगितामा नोभिस, ओपन र नेसनल गरी तीन क्याटागोरीमा राइडरहरु सहभागी हुनेछन् । यसमा १५० देखि २०० सीसीसम्मका बाइक गुडाइनेछ ।

प्रतियोगितामा एक सयभन्दा बढी बाइक राइडरहरुले सहभागिता जनाउनेछन् । विभिन्न छनोट चरण पार गरेर अन्त्यमा विजेताको घोषणा गरिनेछ ।

च्याम्पियनसिपका लागि पेट्रोनस लुब्रिकेन्ट, गल्फ लुब्रिकेन्ट, क्यास्ट्रोल लुब्रिकेन्ट र एभरेष्ट लुब्रिकेन्टले समेत प्रायोजन गरेका छन् । लुब्रिकेन्ट कम्पनीहरुका अफिसियल राइडरहरु समेत प्रतियोगितामा सहभागी हुने मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले बताए ।

मेभोक्स हेलमेट र लिक्वि मोली लुब्रिकेन्ट तथा पार्ट्सले समेत प्रायोजन गरेको उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, माउन्टेन स्पोर्ट्स फेडरेसन र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को समेत सहयोग रहेको छ ।