काठमाण्डौ । छिमेकी मुलुक भारतका चर्चित बिजनेस टाइकुन रतन टाटा हिजो शनिबारबाट ८२ वर्षका भए । उनको जन्म १९३७ मा भएको थियो । 

टाटा गुप्रका पूर्वअध्यक्ष रतन टाटाले आफ्नो जीवनकालमा थुप्रै उपलब्धि तथा उचाइ हासिल गरेका छन् ।

रतन टाटाले सन् १९९० देखि २०१४ सम्म टाटा गुप्रका अध्यक्ष भई काम गरेका थिए । सन् २०१६ अक्टोबरदेखि फेब्रुअरी २०१७ सम्म पुनः अन्तरिम अध्यक्ष भएका थिए ।

भारतको व्यवसाय क्षेत्रमा रतन टाटाले पुर्याएको योगदानको कदर स्वरुप उनी भारत सरकारको सर्वाेच्च नागरिक सम्मान पद्म विभूषण र पद्म भूषणबाट सम्मानित भइसकेका छन् ।

एक सफल व्यवसायी, उद्यमी, लगानीकर्ता र परोपकारीको छवि बनाएका रतन टाटाको जीवनका केही रोचक पाटाहरु पनि छन् । जुन सबैलाई थाहा नहुन पनि सक्छ । यहाँ हामी टाटाका ती पाटाहरुलाई उजागर गर्ने कोसिस गर्दैछौँ ।

१. धेरैलाई थाहा नहुुन सक्छ कि रतन टाटा नवल टाटाका वास्तविक सन्तान होइनन् भनेर । खासमा नवल टाटाले रतनलाई बाहिरबाट ल्याएर पालेका थिए । त्यतिखेर रतन १० वर्षका थिए।

रतनका आमा–बुवा कुनै कारणवश एक–अर्काबाट अलग्गिन पुगे र उनी आफ्नो हजुरआमासँग बस्न थाले । पछि नवल टाटाले रतनलाई धर्मपुत्रका रुपमा घरमा भित्र्याए ।

२. रतन सन् १९६१ देखि नै आफ्नो खुट्टामा उभिन सुुरु गरिसकेका थिए । उनी त्यति बेलादेखि नै जागिर खान थालिसकेका थिए । आफनो मेहनत र क्षमताका कारण उनी मात्रै २१ वर्षको युवावस्थामै टाटा गुप्रको अध्यक्षजस्तो गरिमामय पदमा पुगे ।

३. गाडी निर्माता कम्पनी टाटा गुप्रका पूर्वअध्यक्ष रतन आफू पनि स्वयं गाडीका सौखिन छन् । उनीसँग अहिले लगभग ५०० गाडीको कलेक्सन छ । उनीसँग फरारी, मर्सडीज, क्याडिल्याकजस्ता महँगा र लक्जरी कारहरु पनि कलेक्सन रहेका छन् ।

४. परोपकारी भावनाका धनी टाटा जनावरप्रेमी पनि हुन् । उनलाई जनावर पाल्ने सौख पहिलेदेखि नै थियो । उनका साथमा अहिले पनि दुइवटा पाल्तु कुकुर छन् ।

मुम्बईमा रहेको टाटाको मुख्यालयमा जनावर प्रवेशका लागि खाली स्थान नै छुट्याइएको छ ।

५. अदम्य साहस भएका रतन एक त्यस्ता भारतीय हुन् जसले सबैभन्दा पहिले एफ १६ फाल्कन सुपरसोनिक फाइटर विमान उडाएका थिए । उनले २००७ मा यो लडाकु विमान उडाएका थिए ।

६. अहिले टाटा गुप्रमा ११० कम्पनी समावेश छन् । जसमा चियादेखि लिएर पाँचतारे होटल र नानो कारदेखि लिएर हवाईजहाजसम्म सामेल छन् । यी कम्पनीलाई अहिलेको यो सफल स्थानमा ल्याई पुर्याउन रतनको अहम् योगदान र परिश्रम रहेको छ । – एजेन्सी