काठमाण्डौ । माछापुच्छ्रे  बैंकले अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा ग्राहकहरुलाई लक्षित गरी डेबिट तथा क्रेडिट कार्डमा रु.५०० सम्मको क्यासव्याक अफर ल्याएको छ ।
बैंकले नेपालभित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी विभिन्न बस्तु तथा सेवा खरिद गर्दा रु. ५०० क्यासव्याक दिने योजना सार्वजनिक गरेको छ । उक्त योेजनाअनुसार ग्राहकहरुले माछापुच्छ्रे  बैंकको कार्ड प्रयोग गरी पिओएस मेसिनमा कम्तीमा रु.५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि रु. ५०० फिर्ता पाउनेछन् । त्यस्तै गरी विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ईसेवा पसललगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तीमा रु.५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरे प्रत्येक महिना रु ५०० क्यासव्याक सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकले भिषाको सहकार्यमा २०२० जनवरी र फेब्रवरी महिनाको लागि उक्त अफर संचालनमा ल्याएको बताएको छ ।   

माछापुच्छ्रे  बैंकले लि.ले १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवासमेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मेसिनमार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको दाबी गरेको छ ।