काठमाण्डौ । माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि व्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपूर्ति गर्ने उद्देश्यअनुरुप ‘माछापुच्छ्रे किसान कार्ड’ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले यूकेएडसक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर इन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको उक्त किसान कार्डअन्र्तगत किसानहरुले रु. ४ लाखसम्मको कृषि कर्जा किसान कार्डमार्पmत प्राप्त गर्नेछन् । पहिलो चरणमा हेफर इन्टरनेशनल नेपालसंग आबद्घ बाँके जिल्लाको खजुरा गाउँपालिकास्थित श्री साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई उक्त कार्ड प्रदान गरी सेवाको सुरुवात गरिएको छ ।

कृषि कर्जाको आवेदन तथा स्वीकृति प्रकिृया बैंकले क्रेडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ । उक्त किसान कार्डमार्फत कृषकहरुले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवामार्फत आफ्नो कार्डमा उपलब्ध सीमाभित्र रहने गरी कारोबार गर्न सक्नेछन् ।