काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लि.ले हिजो सोमबार तेइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

ललितपुरस्थित ज्यापू प्रज्ञा भवनको सभाकक्षमा संचालन गरिएको साधारण सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिकातर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७५र७६मा गरेका कार्यक्रम तथा गतिविधिहरुबारे प्रकाश पारे । साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष  किशोर कुमार महर्जनले प्राप्त सल्लाह तथा सुझावहरुको सराहना गरे । आगामी दिनहरुमा यस्ता सुझावहरुको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे । 
महर्जनले वित्तीय संस्था आफ्नो अस्तित्व समाप्त पार्ने गरी मर्जर तथा अक्विजिशनमा नजाने जानकारी दिँदै संस्थालाई अझ सबल बनाई निकट भविष्यमा अझ आधुनिकीकरण गर्दै  स्तरोन्नतिका निम्ति प्रयासरत रहने धारणा व्यक्त गरे ।
सो साधारण सभाले आर्थिक वर्ष २०७५-७६ को वित्तीय अवस्थाको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण वित्तीय विवरणहरु पारित गरेको छ ।
हाल यस फाइनान्सले ६ वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवाप्रवाह गरिरहेकोमा चाल ूआर्थिक वर्षको अन्त्यसम्ममा ४ वटा शाखा कार्यालयहरु थप गरी कम्तीमा १० शाखा तथा ४ एक्सटेन्सन काउन्टरको संजालमार्फत सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ ।