काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा  ‘सामूहिक म्यादी जीवन बीमा’ सार्वजनिक गरेको छ । 

एउटै बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानीकर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा गर्न सकिने समेत विशेषता रहेको यस बीमा योजनामा समूहका सदस्यहरु बीमा अवधिभित्र थपघट गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ । 

साथै यस बीमालेखमा ऐच्छिक सुविधा अन्तर्गत कुनै कारणवस समूहका सदस्यको (बीमित) दुर्घटनाबाट मृत्यु भएमा थप बीमाङ्क बराबर रकम प्रदान गरिने, बीमा अवधि भित्र बीमितको मृत्यु भएमा क्रिया खर्च बराबर बीमाङ्कको १५ प्रतिशत वा रु.५०,००० (जुन कम हुन्छ, सो रकम थप प्रदान गरिनुका साथै बीमा अवधि भित्र समूहका सदस्य (बीमित)को दुर्घटनाबाट अङ्गभङ्ग भए अङ्गभङ्ग बापतको बीमाङ्कको  अनुपातिक रकम क्षतिपूर्ति प्रदान गरिने र पूर्ण अपाङ्गरअशक्त भएमा बीमाङ्क बराबर रकम प्रदान गरिने सुविधा रहेको छ।

एकदमै न्यून बीमाशुल्कमा बीमा गर्न सकिने यस बीमा योजनाले संगठित संस्था, प्रतिष्ठान, संघ, संगठनमा सम्बद्ध व्यक्तिहरुको जीवनमा आइपर्ने मृत्यु तथा अङ्गभङ्गबाट पर्न सक्ने वित्तीय जोखिमलाई न्यूनिकरण गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।