काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ । 

यस अनुमति पश्चात माछापुच्छ्रे  बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीमा माछापुच्छ्रे  क्यापिटल लिमिटेड पनि मर्चेन्ट व्यवसायमा प्रवेश गरेको छ । 

चुक्तापूँजी २० करोड रहेको यस माछापुच्छे« क्यापिटल लि.ले उपरोक्त सेवाहरु प्रदान गर्नका लागि सम्पूर्ण  तयारी गरिसकेको र निकट भविष्यमा सेवा सुचारु गर्ने व्यहोरा क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले बताए । 

यस संस्थाले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचयल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवाहरु प्रदान गर्ने समेत जानकारी दिए ।