काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सन्तोजनक प्रगति गरेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा ३२.५५ प्रतिशतले बढाएको छ । यो अवधिमा संस्थाले ८ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको सञ्चालन मुनाफा ११ करोड ७ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा ९ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले २४ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्ष १५ करोड ७ लाख रुपैयाँमा सीमित थियो ।

दोस्रो त्रैमास संस्थाले १ अर्ब ४५ करोड निक्षेप संकलन गरी ५ अर्ब १३ करोड कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्था रिजर्भको आकारमा ९३.३७ प्रतिशतले बढाएको छ । गत वर्ष १३ करोड ८६ लाख रुपैयाँ रिजर्भमा रहेकोमा समीक्षा अवधिमा बढेर २६ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा संस्थाको चुक्तापुँजी ६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ४ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो ।

संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी १९.१८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.३९ रुपैयाँ रहेको छ ।