काठमाण्डौ । चीनमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वमै भयावह अवस्था सिर्जना भएको छ ।

यो भाइरसले हजारौँ नागरिकको जीवन संकटमा परेको छ । कुुन बेला भाइरसले आक्रमण गर्ने हो र जीवन इहलीला समाप्त हुुने हो भन्ने डरले लाखौँ मानिसको मनमस्तिष्कमा डेरा जमाएको छ । 

यतिखेर कोरोनाभाइरसबाट अतिप्रभावित चीनमा जीवन गुुमाउनुुको पीडा एकातर्फ छँदैछ अर्कोतर्फ जीवन चलाउन अपरिहार्य औजारका रुपमा रहेको देशको अर्थतन्त्र दिनानुदिन खस्किँदो अवस्थामा गुज्रिरहेको छ । चीन सरकारले अहिले कोरोनाभाइरसको प्रभाव कम गर्न र यसलाई थप फैलनबाट रोक्न ठूलो धनराशि खर्च गरिरहेको छ । जसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा देखिएको छ । 

करिब एक करोड जनसंख्या रहेको भाइरसको उद्गमथलो वुुहानमा सहरबाट बाहिर निस्कन पूर्ण रुपमा बन्देज लगाइएको छ । हुुबेई प्रान्तका अन्य भागमा पनि आवतजावतमा प्रतिबन्ध लगाइएको छ । भाइरसको डरले मानिसहरु घरबाट बाहिर निस्कनसमेत डराइरहेको अवस्था छ । जसले गर्दा त्यहाँका रेस्टुराँ, सिनेमा घर, रेल सेवा, होटेल, मल र पसलहरु बन्द अवस्थामा छन् । 

अर्काेतर्फ चिनियाँ नयाँ वर्ष सुुरु हुुनुभन्दा पहिल्यै नै कोरोनाभाइरस देखिएकाले त्यहाँका उद्योगव्यापारमा व्यापक नोक्सान पुुगेको छ । यसका अलावा नयाँ वर्षका अवसरमा पहिलेको भन्दा बढी बिदा दिइएको छ । जसले गर्दा व्यापार र उद्योगधन्दा सुुरु गर्नसमेत ढिलो भइरहेको छ । यसले उत्पादन र बिक्रीवितरणमा प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको छ । 

यतिबेला सबैभन्दा बढी असर साना तथा मझौला व्यापारमा परेको छ । कम्पनीहरुलाई आफ्ना कर्मचारीलाई तलब दिन पनि हम्मेहम्मे परिरहेको छ। 

चीन बाहिर पनि नोक्सान

चिनियाँ निर्मातालाई देशको सीमाभित्रमात्रै नभई सीमाबाहिर पनि घाटा व्यहोर्नुुपरिरहेको छ । विदेशी नागरिकहरु चीनमा उत्पादन गरिएका सामान किन्न डराइरहेका छन् । गुुआङ्डङ प्रान्तका विङ स्याङ इलेक्ट्रिकलका मालिक हर्बट वुुनले बीबीसीसँगको कुराकानीमा कोरोनाभाइरसले गर्दा अन्य देशका मानिसले चिनियाँ सामग्रीको साटो अन्य देशमा उत्पादन गरिएका सामग्री उपभोग गर्न थालेका छन् । जसले गर्दा चिनियाँ वस्तुु र उत्पादनको अन्तर्राष्ट्रिय तथा स्थानीय बिक्रीवितरणमा कमी आइरहेको उनले सुनाए । 

कयौँ ठूला कम्पनीहरु जस्तै– फर्निचर कम्पनी स्टारबक्स र आइकियाले आफ्नो सञ्चालन र उत्पादन बन्द गरेका छन् । कयौँ हवाई कम्पनीले उडान रद्द गरेका छन् भने विदेशी ग्राहकका अग्रिम भुुक्तानी पनि फिर्ता गरिरहेका छन् ।

चीनबाट कारमा प्रयोग हुुने पार्टस् आपूर्ति नभएपछि दक्षिण कोरियाली अटो कम्पनी हुुन्डाईले अल्पकालका लागि कार उत्पादन बन्द गरेको छ । अटो उद्योग र इलेक्ट्रोनिक्स उद्योगमा चीन एउटा ग्लोबल सप्लायर्स हो । कयौँ मोबाइल र कम्प्युुटर कम्पनीको पार्टस् पनि चीनमा बन्ने गर्दछ । 

खस्कियो सेयरबजार 

यसका साथै कोरोनाभाइरसको असर चीनको वित्तीय बजारमा पनि परेको छ । भाइरसका कारण दिइएको बिदा समाप्त भएको पहिलो दिनमा त्यहाँको सेयरबजारमा ८ प्रतिशतको गिरावट देखिएको छ । 

चीनको व्यापारिक गतिविधिमा आएको सुुस्तताले त्यहाँको तेलको मागमा कमी आएको छ । प्रमुुख तेल कम्पनी सिनोपेकको एउटा रिपोर्टअनुुसार पछिल्ला दुुई हप्तामा चीनमा तेलको मागमा १५ प्रतिशतले कमी आएको छ। चीनमा तेलको मागमा आएको कमीलाई मध्यनजर गर्दै तेल निर्यात गर्ने देशको एक समूह तेलको मूल्यमा आइरहेको गिरावट रोक्न तेल उत्पादन घटाउनेबारे विचार गरिरहेको छ । 

पछिल्लो दुुई हप्तामा तामाको मूल्य पनि १३ प्रतिशतले सस्तिएको छ । निर्माण उद्योगका लागि तामा एउटा महत्वपूर्ण धातुु हो । 

आर्थिक वृद्धिमा असर 

विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले कोरोनाभाइरसले चीनको आर्थिक वृद्धिमा कस्तो प्रभाव पर्छ भन्ने अनुुमान सार्वजनिक गर्न थालेका छन् । कन्स्लटेन्सी अक्सफोर्ड इकोनोमिक्सका अनुुसार २०२० को पहिलो त्रैमासमा चीनको अर्थतन्त्रमा पछिल्लो वर्षको तुुलनामा ४ प्रतिशत कम आर्थिक वृद्धि हुुने प्रक्षेपण गरिएको छ । २०२० भरि भने ५.६ प्रतिशतको औसत आर्थिक वृद्धि हुुने प्रक्षेपण गरिएको छ । 

कोरोनाभाइरस देखा पर्नुुपूर्व ६ प्रतिशतको आर्थिक वृद्धिदरको अनुुमान गरिएको थियो । यसका साथै कोरोनाभाइरसले विश्वको अर्थतन्त्रमा समेत ०.२ प्रतिशतको कमी आउने अनुुमान गरिएको छ । 

चीन सरकार समर्थक थिंक ट्यांक एकेडेमी अफ सोसल साइन्सेजका अर्थशास्त्री झाङमिङका अनुुसार कोरोनाभाइरसले चीनको अर्थतन्त्रमा वर्षको पहिलो तीन महिनामा ५ प्रतिशतले कमी आउन सक्नेछ । यही सप्ताह अन्तर्राष्ट्रिय मुुुद्दा कोषका प्रबन्ध निर्देशक क्रिस्टिलिना जर्जिवाले कोरोनाभाइरसले गर्दा कम समयका लागि भए पनि विश्वको अर्थतन्त्रमा केही सुुस्तता आउने सम्भावना रहेको बताएकी थिइन् । यसका साथै उनले यसबारेमा तत्कालै अनुुमान गर्न हतारो हुुनेसमेत बताएकी थिइन् । – एजेन्सी