काठमाण्डौ । काठमाण्डौमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत तेस्रो दिन सोमबार कुल १० खेल हुँदैछन् ।

तेस्रो दिन लिग चरणअन्तर्गतका ६ खेल हुँदैछन् । जसमध्ये पहिलो खेलमा भारतीय राजदूतावासको टोली मेगा बैंकविरुद्ध खेल्दैछ भने दोस्रो खेलमा नेपाल लाइफ इन्स्योरेन्स र प्राइम बैंक आमनेसामने हुँदैछन् ।

त्यस्तै तेस्रो खेलमा मेगा बैंक र सिप्रदी, चैथो खेलमा कामना सेवा विकास बैंक र कुमारी बैंक, पाँचौ खेलमा माछापुच्छ्रे बैंक र सनराइज बैंक तथा लिग चरणको अन्तिम खेलमा सिप्रदी र भारतीय राजदूतावासको टोली आपसमा प्रतिस्पर्धा गर्नेछन् ।

लिगचरण खेलपछि आजै नकआउट चरणका चार खेल पनि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा हुनेछन् ।