काठमाण्डौ। सगरमाथासहित पाँच हिमालबाट लगभग ३५ हजार किलोग्राम फोहोर हटाउने योजना नेपाल सरकारको योजनाको व्यापक विरोध भइरहेको छ।

सरकारको यो योजनाका विरोध गर्नेमा चिरपरिचित पर्वतारोहीहरु नै सामेल छन्। सरकारले यो जनाका लागि नेपाल सेना परिचालन गर्ने भनेपछि विरोध सुरु भएको छ। यो योजनाका लागि सरकारले ७५ लाख डलर खर्च हुने अनुमान पनि गरेको छ।

अघिल्लो वर्ष नेपाली सेनाले हिमाली क्षेत्रहरुबाट १० हजार किलोग्राम फोहोर हटाएको थियो। तर विश्वकै सबैभन्दा उच्च शिखर सगरमाथा २४ पटक सफल आरोहरण गरेर विश्व कीर्तिमान कायम गरेका कामी रीता शेर्पाका अनुसार नेपाली सेनासँग उच्च शिखरहरुमा पुग्ने दक्षण छैन। उनले बीबीसी नेपाली सेवासँग भनेका छन्, ‘नेपाली सेनाका जवानहरुले कम उचाइ भएका हिमाली क्षेत्रबाट उक्त फोहोर हटाएका हुन्। उच्च हिमाली क्षेत्रबाट फोहोर हटाउन शेर्पाहरु गाइड र भरियाहरु नै परिचालन गर्नुपर्छ। र, काम गरेपछि राम्रो पारिश्रमिक पनि दिनुपर्छ।’

नेपाल सरकारको योजना सगरमाथा, ल्होत्से, पुमोरी, अमादब्लम, मकालु र धौलागिरी हिमालमा हरेक वर्ष विश्वभरका पर्वतारोहीहरुलाई आकर्षिक गर्नु नै हो। पर्वतारोहीहरुले हिमाल आरोहणका क्रममा प्रयोग गर्ने अक्सिन, खाना पकाउने ग्यासका खाली सिलिन्डर, आरोहरणका लागि आवश्यक अन्य सामग्री र फोहोर त्यहीँ छाडिदिन्छन्। 

यी हिमालमा चढ्न निकै खतरनाक पनि छ। हरेक वर्ष ठूलो संख्यामा पर्वतारोहीहरु ज्यान जाने गरेको छ। सन् २०१९ मा सगरमाथामा ११ जनाको ज्यान गएको थियो। तीमध्ये थुप्रैका शव हिमाली क्षेत्रमै रहन्छन्। सरसफाइ अभियानअन्तर्गत ती शवहरु पनि निकालेर ल्याइन्छ। 

यद्यपि उच्च क्षेत्रबाट त्यस्ता सामान तल ल्याउन त्यति सजिलो भने छैन। कतिपटक त त्यस्ता सामान, शव र फोहोर दशकौँसम्म हिउँमा पुरिएर बसिरहेका हुन्छन्। 

२१ पटक सगरमाथाको सफल आरोहरण गरिसकेका पूर्वा ताशी शेर्पा भन्छन्, ‘उचाइ नाप्ने शेर्पाहरु नै सरसफाइमा खटाउन उचित हुन्छ। सरकारले यो कुरालाई ध्यानमा राख्नुपर्छ।’

नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डे भने आफूहरुलाई दिइएको जिम्मेवार पूरा हुनेमा विश्वस्त छन्। उनले भने, ‘सरसफाइ योजनाअन्तर्गत हामी उच्च हिमाली क्षेत्रमा पुग्न सक्षम छौँ र आउँदा जुन ५ तारिखसम्म यो काम सक्छौँ।’

पाण्डले बीबीसी नेपाली सेवासँगको कुराकानीमा भनेका छन्, ‘हामी उच्च हिमाली क्षेत्रमा गएर सरसफाइ गर्न कडा मेहनत गरिरहेका छौँ।’

नेपाल सरकारले पनि केही यस्ता कदम उठाएको छ, जसबाट आरोहीहरुले उच्च हिमाली क्षेत्रमा फोहोर नफाल्न प्रेरित गरिरहेको छ। हिमाल चढ्नुअघि आरोहीलाई फोहोर नफाल्ने सर्तमा ४०० डलर जम्मा गर्न लगाइन्छ र हिमाल आरोहण गरी आफ्ना सामान र फोहोर सँगै ल्याएपछि जम्मा गरेको रकम फिर्ता गरिन्छ। 

यद्यपि अनुभवी आरोहीहरु भने यो त्यति सजिलो नभएको बताउँछन्। उनीहरु भन्छन्, ‘खाली सिलिन्डर, शव र फोहोरजन्य वस्तु उचाइमा रहेको क्याम्पबाट तल ल्याउन निकै मुस्किल छ।’