काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी)ले निकट समयमा नै सेन्ट्रल केवाइसीलाई अनिवार्य गर्ने भएको छ । 

यो व्यवस्थासँगै ब्रोकर कम्पनीपिच्छे केवाइसी(नो योर कस्टूमर)को फारम भर्नुपर्ने बाध्यता अन्त हुनेछ । 

हाल सेयर लगानीकर्ताले हरेक ब्रोकर कम्पनीमा म्यानुुअल केवाइसी फारम भर्नुुपरेको छ । अब सेन्ट्रल केवाइसी अनिवार्य भएपछि कुुनै एक ब्रोकर कम्पनीमा दिइएको केवाइसीबाट सबै डीपीमा केन्द्रिकृत हुुने भएकाले ५० वटै ब्रोकर कम्पनीहरुमा सेयर कारोबार गर्नु परे पनि बारम्बार र ब्रोकरैपिच्छे केवाइसी फारम भर्नु पर्दैन ।

सिडिएससीकी कामुु सीइओ कञ्चन सापकोटाले हाल ९ वटा डीपीहरुले सेन्ट्रल केवाइसीको अभ्यास गरिरहेका र ती डीपीहरुबाट फिडब्याक लिने काम भइरहेको बताइन । 

‘हाल सेन्ट्रल केवाइसी सञ्चालनमा ल्याएका डीपीहरुबाट स्वयम् उपस्थित भई औंठा छाप दिने प्रावधान अव्यवहारिक र झञ्भटिलो भएको भन्ने हाल एउटा मात्रै सुुझाव आइरहेको छ।’सापकोटा भन्छिन्–‘म्यानुुअल रुपमै केवाइसी फर्म भर्नुु परेको र औंठाछाप समेत अनिवार्य गर्दा ब्रोकर कम्पनीहरुलाई थप लोड पर्ने देखिन्छ । यो विषयमा केही गर्न सकिन्छ कि भनेर हेरिरहेका छौ ।’

सिडिएससीले सेन्ट्रल केवाइसीमा सबै आबद्धता र अनिवार्य गरिसकेपछि प्रत्येक सेयर लगानीकर्तालाई आइडी कार्ड समेत दिइने सापकोटाको भनाई छ ।

सिडिएससीकाअनुसार हाल ७५ डीपी कम्पनीहरु आवद्ध छन् । अहिले सेन्ट्रल केवाइसीको अभ्यास नेपाल डीपी लिमीटेड, अग्रवाल सेक्युुरिटीज, कुमारी बैंक, त्रिशक्ति सेक्युुरिटीज, कृषि विकास बैंक, मेगा क्यापिटल, आइसीएफसी फाइनान्स लिमीटेड, केसीएलएस्टेट क्यापिटल लिमीटेड, हिमालयन क्यापिटल लिमीटेडले गर्दै आइरहेका छन् ।