काठमाण्डौ । अर्थमन्त्रीबाट डा. युवराज खतिवडाले संचार तथा प्रविधि मन्त्रालयको समेत जिम्मेवारी पाएका छन् । 

ओलीको विश्वासपात्रको रुपमा रहेका खतिवडाले संचारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा स्वीकृत भएपछि उनले सम्हालेकामध्ये संचार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पनि पाएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले संचार मन्त्रालयको जिम्मेवारी डा. खतिवडालाई र गोकुल बाँस्कोटाले सम्हालिरहेको सहरी विकास मन्त्रालयको कार्यभार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले पाएका छन् । 

तत्कालीन संचारमन्त्री गोकुल बास्कोटाले स्वीस कम्पनीका एजेन्टसँग सेक्युरिटी प्रेस खरीदको नाममा ७० करोड रुपैयाँ कमिसनको डिल गरेको अडियो टेप सार्वजनिक भएपछि उनले आजै(बिहीबार) पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृतसँगै उनले सम्हाल्दै आएका मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरिएको हो ।