काठमाण्डौ । चीनको हुुवेई प्रान्त स्थित वुुहान सहरबाट फैलन सुुरु भएको कोरोनाभाइरस विश्वको ७६ देशमा पुुगिसकेको छ । प्रत्येक मिनेटमा विश्वभर कोरोनाभाइरसका नयाँ संक्रमित थपिदै गइरहेका छन् । यस्तोमा कोरोनाबाट बच्ने उपाय भन्दै सामाजिक सञ्जालमा विभिन्न भ्रामक भिडियोहरु र लेखहरु सार्वजनिक भइरहेका छन् । यस्ता भिडियो र लेखहरुको कुुनै पनि वैज्ञानिक आधार भने पाइदैन । 

जनमानसमा भ्रम छर्ने यस्ता भिडियो र लेखहरुबाट आममानिसलाई सचेत बनाउन र सहि उपाय अवलम्बन गर्न विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संग सम्बन्धित भिडियो सार्वजनिक गरेको छ । यो भिडियोमा कोरोना भाइरस के हो ? यो कसरी मानिसमा सर्छ । यसबाट बच्ने उपायहरु के के हुुन् ? जस्ता महत्वपूर्ण प्रश्नको जवाफ समेटिएको छ । 

विश्वको स्वास्थ्य संगठनको रिपोर्टअनुुसार बुुधबारसम्म ७६ देशमा फैलिसकेको र यसबाट कुुल ३ हजार १ सय ९८ जनाले ज्यान गुुमाइसकेका छन् भने ९३ हजार ६२ जनामा यसको संक्रमण देखिएको छ । नेपालमा भने कोरोना भाइरसबाट संक्रमणको पुुष्टि भइसकेको छैन । पाचँजना कोरोना संक्रमण भएको आशंकामा अस्पतालमा भर्ना भएकामा सबैमा संक्रमण नभएको पुुष्टि भयो । 

विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिएकाले यसको जोखिम बढेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले यो महामारीलाई अति गम्भिर श्रेणिमा राखेको छ । 

यसका साथै उसले विश्वका सबै देशलाई कोभिड–१९ को महामारीबाट बच्ने उपायहरुलाई अबलम्बन गर्न आदेश दिएको छ । संगठनले सम्बन्धित देशहरुलाई यसलाई नियन्त्रण गर्न सशक्त कदम चाल्न सुुझाव दिएको छ । 

संयुुक्त राष्ट्रसंघका स्वास्थ्य एजेन्सीका महानिर्देशक टे«डोस एडहेनामकाअनुुसार चीनमा यस भाइरसको फैलने गतिमा कमी आएको छ । तर अन्य देशमा फैलने सम्भावना निकै बढेर गएको छ । निरन्तर कोरोनाबाट संक्रमित नयाँ–नयाँ देशहरुको नाम अगाड आइरहेको छ । 

यसको संक्रमणलाई रोक्न विभिन्न प्रयाहरु भइरहेका छन् भने अर्काे तर्फ विश्वका तमाम देशहरु यसबाट बच्न खोपको विकास गर्न तथा औषधिको विकास गर्न लागि परिरहेका छन् । विश्व स्वास्थ्य संगठनले अहिले विश्वभरी २० वटा भ्याक्सिन बनाउने काम भइरहेको जनाएको छ । यि भ्याक्सिनको  क्लीनीकल परिक्षणमा भइरहेको छ । यस्तोमा केही हप्तामा नै कोरोनासंग लड्नसक्ने कुुनै प्रभावकारी भ्याक्सिन उपलब्ध हुुन सक्ने सम्भावना बढेको छ । विश्वमा यो भाइरससंग सम्बन्धित खोज अनुुसन्धान पनि बढिरहेको छ । 

सर्वत्र कोरोना भाइरसबाट बच्ने उपायहरुको बारे जिज्ञासा बढिरहँदा विश्व स्वास्थ्य संगठनले यसबाट बच्ने उपायहरु सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य संगठनले यसबाट बच्न निम्न उपायहरु अबलम्बन गर्न निर्देशन दिएको छः 

१. नियमित रुपमा साबुुनले हातमुुख राम्रोसँग धुुने ।
२.बीरामी वा जनावरको सम्पर्कमा आइसकेपछि हातलाई राम्रोसँग धुने। 
३. स्वाशसँग सम्बन्धित संक्रमणबाट ग्रस्त व्यक्तिबाट टाढा रहने । 
४. भान्सा तथा कार्यस्थलको टेबुुल र डेस्क सफा गर्न किटाणुु मार्ने सामाग्री प्रयोग गर्ने ।
५.कोभिड–१९ को खतरा र लक्षण सम्बन्धि जानकारी लिँदा सदैव भरपर्दाे स्रोतको सहारा लिने ।
६.ज्वरो वा खोकी लाग्दा यात्रा नगर्ने । यात्राको क्रममा स्वास्थ्य बिग्रिए चालक दललाई सुुचित गर्ने । 
७.खोक्दा वा हाच्छ्ुयुु गर्दा टिस्युु पेपरको प्रयोग गर्ने । एक पटक प्रयोग गरेको टिस्युु पेपर फेरि प्रयोग नगर्ने र प्रयोगपछि हात धुुने ।
८.खोक्दा या हाछ्युु गर्दा सिधै मुुखमा हात लगाउनुु भन्दा कुुहिनोले मुुख छोप्ने ।
९. ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई वा पहिल्यैदेखि कुुनै रोगबाट ग्रस्त व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण हुुने खतरा धेरै हुुने गर्दछ । त्यसैले यस्ता व्यक्तिको स्वास्थ्यमा विशेष ध्यान दिने ।
१०.बुुढाबुुढी, अशक्त, र बिरामीलाई भिडभाड हुुने ठाउँमा नलैजाने र जानबाट रोक्ने ।
११.स्वास्थ्यमा समस्या देखिए घरमै बस्ने र चिकित्सकको सल्लाह लिइरहने ।
१२.यदि अन्य कुुनै बीरामी भए घरमै बस्ने र परिवारका अन्य सदस्यबाट टाढै बस्ने र अलग भाडाकुँडाको प्रयोग गर्ने 
१३.कोरोनाको संक्रमणबाट बच्न सकेसम्म एक्लै सुुत्ने र अरुको जुुठो नखाने ।
१४.ज्वरो आउँदा, खोकी लाग्दा, वा स्वास लिन कुुनै प्रकारको समस्या देखिए तत्काल चिकित्सककोमा जाने । 
१५.भिडभाड हुुने ठाउँ, अझ विशेष गरी अस्पतालहरु जहाँ संक्रमित देशका नागरिक रहेका हुन्छन्,त्यहाँबाट टाढै रहने । 
१६.कोरोनाको संक्रमण फैलिएको देशको यात्रा नगर्ने ।