-धर्म मलाशी
काठमाण्डौ । कोरोनाभाइरसले यतिबेला विश्व अटोसेक्टर नराम्ररी प्रभावित भइरहेको छ । नेपालमा भने अटो सेक्टर सुुस्ताउनुु पछाडि राष्ट्र बैंकको पछिल्लो नीति प्रमुुख कारक भएको व्यवसायीहरु बताउँछन् । उनीहरु भन्छन्–‘अहिले हाम्रा लागि कोरोनाभाइरस भनेकै राष्ट्र बैंकको गलत नीति भएको छ ।’     

राष्ट्र बैंकले २०७५ कार्तिकमा बैंक तथा वित्तप्य संस्थाले आफ्ना ग्राहकलाई गाडी खरीद गर्दा गाडीको मूल्यको ५० प्रतिशत ऋण प्रदान गर्न पाइने व्यवस्था गरेको थियो । जुुन अनुुपात पहिले ६५ प्रतिशत थियो । पहिले बैंकका ग्राहकले गाडीको मूल्यको ३५ प्रतिशत रकम डाउन पेमेन्ट बुझाएपछि सवारी साधन खरीद गर्न सक्थे भने राष्ट्र बैंकको नयाँ नीतिपछि ग्राहकले गाडीको मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट तिरेर खरीद गर्नुुु परिरहेको छ । जसले गर्दा दुुवै, ग्राहक र सवारी साधन बिक्रीकर्ता यो नीतिबाट प्रभावित भएका छन् । 

राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाले अनुुत्पादक क्षेत्रमा गर्ने कर्जा प्रवाहलाई रोक्न यस्तो नीति लिएको जनाएको थियो । तर अटो व्यापारीहरु भने सरकारले अटो क्षेत्रलाई उकास्ने योजना ल्याउनुुको साटो अटो क्षेत्रलाई भत्काउन लागिपरेको आरोप लगाइरहेका छन् । सरकारले अटो क्षेत्रबाट करौडौं राजश्व संकलन गरिरहेको भए पनि आफूहरुको संरक्षण र प्रवद्र्धनमा भने कुुनै चासो नदिएको उनीहरुको गुुनासो छ ।

नाडा अटो मोबाइल असोसिएसन अफ नेपालले आफूहरु निरन्तर राष्ट्र बैंकले सवारी साधन खरीद गर्दा तोकेको मूल्यको अनुुपातमा ऋणको मात्रा बढाउन लागिपरिरहेको जनाएको छ । 

बेलाबेलामा अर्थमन्त्रीले पनि अटो व्यवसायीहरुलाई मूल्यको अनुुपातमा ऋणको मात्रा बढाउन आफूले प्रयत्न गरिरहेको आश्वासन दिने गरेका थिए ।

अटो व्यवसायी पनि राष्ट्र बैंकको नीतिमा परिवर्तन आउने आशमा थिए । तर, भर्खरै आएको मौद्रिक नीतिको मध्यावधि समीक्षाले अटो व्यवसायीको मागलाई सम्बोधन गर्न सकेन । जसका कारण अटो व्यवसायी यतिबेला निराश छन् । 

राष्ट्र बैंकको नीतिका कारण पहिल्यै नै व्यवसायमा कमी आएको र अहिले झन् कोरोना भाइरसले व्यवसायमा प्रभाव पार्ने डरले उनीहरुलाई सताइरहेको छ । नेपालका लागि रेनल्ट गाडीको बिक्रेता कम्पनीका म्यानेजिङ डाइरेक्टर कैलाशबाबुु गेलालले विगत २–३ महिनादेखि आफूहरुको व्यवसायमा कमी आइरहेको बताए । व्यवसायमा कमी आउनुुमा राष्ट्र बैंकको नीति नै मुख्य कारण रहेको बताए । 

“सारा विश्वमाकोरोनाभाइरसले आतंक फैलाइरहेको छ, नेपालको अटो क्षेत्रका लागि भने राष्ट्र बैंक नै कोरोनाभाइरस जस्तै भएको छ ।” उनले व्यङ्ग्य गर्दै भने ।

उनले आफूहरु राष्ट्र बैंकले मध्यावधि समीक्षामार्फत आफ्ना माग सम्बोधन गर्ला भन्ने आमा बसेको, तर कुनै पनि विषयमा समीक्षाबाट सम्बोधन नभएकामा दुःख प्रकट गरे ।

नेपालका लागि सुुजुुकीको आधिकारीक बिक्रेता सिजी मोटर कर्पका मार्केटिङ म्यानेजर करुण शाक्यले अटो सेक्टरलाई लिएर राष्ट्र बैंकले लिएको नीतिले नेपाली अटो व्यवसायलाई पछाडि धकेलेको बताए । आफूूहरुले निरन्तर रुपमा नीति परिवर्तन गर्न दवाब दिइरहे पनि राष्ट्र बैंकले नसुुनेको उनले गुुनासो गरे । 

समस्या समाधान गर्न सक्रिय रहेको बताउँदै उनले भने–“अहिले हामीहरु नाडामार्फत आफ्नो आवाज राष्ट्र बैंक समक्ष पुुर्याउने काममा जुुटिरहेका छौं ।” 

कोरियन लक्जरी कार साङयोङका नक्साल सोरुम इञ्चार्ज रविन्द्र श्रेष्ठले राष्ट्र बैंकको नीतिकै कारण अटो सेक्टरमा लगानी गर्ने ग्राहक घटिरहेको बताए । उनले नेपाली अटो क्षेत्रको माग सम्बोधन गर्न सरकारलाई गम्भीर भएर विचार गर्न सुुझाव समेत दिए । 

कोरियामा समेत कोरोनाभाइरस देखिएकाले आफूहरुले कार आयात नगरेको र पहिल्यै अर्डर गरेका कार भने आउने क्रममा रहेको उनले सुुनाए । व्यापारमा आएको कमीले मुुश्किल परिरहेको बताउँदै उनले भने “हामीलाई कोरोनाभाइरस भन्दा बढी राष्ट्रबैंकको नीतिले सताइरहेको छ ।”