काठमाण्डौ । स्मार्ट टेलिकमले आप्mना ग्राहकहरुलाई घरमै बसी कोभिड–१९ को संक्रमण रोक्ने यस देशव्यापी प्रयासमा सहभागी हुन थप प्रेरित गर्दै विभिन्न सेवा तथा अफरहरु ल्याएको छ । यस संवेदनशील घडीमा ग्राहकहरु अत्यावश्यक काम बाहेकका लागि घर बाहिर निस्कन नहुने आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न अतिरिक्त सेवाहरु ल्याएको हो ।

स्मार्ट टेलिकमका ग्राहकहरुले २० जी.बी. को डाटा प्याक मात्र रु. ३९९ (कर बाहेक) मा प्राप्त गर्न सक्नेछन् । उक्त डाटा प्याक ३० दिनको लागि मान्य हुनेछ । यसको अतिरिक्त, स्मार्ट प्रयोगकर्ताहरुले हरेक डाटा प्याकको खरिदमा डबल डाटा प्राप्त गर्न सक्ने सुविधा पनि रहेको छ । साथै, यस लकडाउनको अवधिभरि हरेक रु. १०० वा बढीको रिचार्जमा विभिन्न टकटाइम, एसएमएस तथा डाटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । ब्यालेन्स रु. १ भन्दा कम भएमा अब ग्राहकहरुले ८१२९८४०३ डायल गरी रु. ४० को स्मार्ट लोन समेत लिन सक्नेछन् ।

प्रयोगकर्ताहरुलाई अत्यावश्यक काम बाहेकका लागि घरबाट बाहिर ननिस्कन प्रेरित गर्न स्मार्टले घरैबाट मोबाइल टपअप पनि गर्ने सुविधा पनि उपलब्ध गराएको छ । यो सुविधा सम्भव बनाउन स्मार्टले इसेवा, खल्ती, पे प्वाइन्ट तथा इनेट पे जस्ता अनलाइन पेमेन्ट एपहरुसँग समन्वय गर्दै आएको छ भने ग्राहकरुले उक्त एपहरु मार्पmत घरैबाट रिचार्ज गर्न सक्ने बताइएको छ ।

स्मार्ट टेलिकम, नेपालको तेस्रो ठूलो टेलिकम कम्पनी हो, नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पु¥याउने यसको लक्ष्य रहेको जनाएको छ ।