काठमाण्डौ । लकडाउनमा ग्राहकको सुविधाका लागि नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशबाहेक अन्य सबै प्रदेशका विभिन्न स्थानमा रहेका शाखाहरु आज बुधबार (चैतेदसैँ) खुला राख्ने भएको छ। कर्णाली प्रदेशले आज सार्वजनिक बिदा दिएको छ। 

प्रदेश १ का विराटनगर, बिर्तामोड, धरान, गाईघाट र इटहरी तथा प्रदेश २ का जनकपुर, लहान, मिर्चैया, वीरगन्ज (पावर हाउस चोक) र सिरहामा रहेका नबिल बैंकका शाखा खुलै रहनेछन्। 

त्यस्तै नबिल कैंकको बागमती प्रदेशका कौशलटार, कीर्तिपुर, ललितपुर, नारायणगढ, टाँडी र तीनधारा तथा गण्डकी प्रदेशका बेसीसहर, दलदले, दमौली, दुलेगौँडा, गैँडाकोट, कावासोती र पोखराको सभागृहस्थित शाखाहरु पनि खुलै रहनेछन्। 

प्रदेशमा भने भैरहवा, नेपालगन्ज र तुलसीपुर तथा सुदूरुपश्चिम प्रदेशमा आलीताल, बित्थाडचिर (बझाङ), धनगढी, लम्की, पञ्चेश्वर, रामारोशन, सयाल र तुर्माखाडस्थित नबिल बैंकका शाखारहरु खुलै रहेछन्। 

आज नबिल बैंंकको कीर्तिपुर शाखा दिउँसो २ बजेदेखि ४ बजेसम्म खुला रहनेछन् भने अन्य शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने बैंकले जनाएको छ।