उत्तर कोरियाका सनकी तानाशाह किम जोगं उन अक्सर आफ्नो उटपट्यांग हर्कतका कारण विश्वभर चर्चित छन् । यसैबीच किम जोगंको चंगुुलबाट छुुटेका एक बन्दीले भनेका छन् उत्तर कोरियामा राजनीतिक बन्दीका शव खेतमा मलका रुपमा प्रयोग गरिन्छ ताकि राम्रो उपज फलोस् ।

उत्तर कोरियामा बन्दी भइसकेका किम इल सूूनले यस राक्षसी प्रवृत्तिका बारेमा यो खुलासा गरेका हुुन् । किम इल सूून उत्तर कोरियाको केइचोन यातना शिविरमा बन्दी थिए । यो शिविर प्योगंयांगको उत्तरतर्फ अवस्थित छ । उनले भनेका छन् यो यातना शिविरको सुुरक्षामा तैनाथी सुरक्षा गार्डका लागि त्यहाँ खेती गरिन्छ । यी खेतमा राजनीतिक बन्दीका शव मलका रुपमा प्रयोग गरिन्छ ।

किम इल सूूनले भने,सुुरक्षा गार्डलाई यो तरिका निकै सफल लाग्छ र तिनीहरु त्यो शिविरमा चारैतिर पहाडी जमिनमा प्रयास गरिरहेका छन् । सूूनले यो खुुलासा यस्तो समयमा गरे कि जतिबेला उत्तर कोरिया अन्तराष्टिय निन्दाको सामना गरिरहेको छ । यो मात्र हैन कि जब विश्व कोरोना महामारी विरुद्ध जुुधिरहेको छ, तब उत्तर कोरियाले मिसाइल परीक्षण गर्यो ।

सूूनले भने,शिविरका आसपासका जामिन धेरै उब्जाउ हुुन्छ र त्यहाँ खेती गर्न धेरै सफल हुुन्छ । यसको कारण यो हो कि त्यहाँ मानिसका शव दफन गरिएको छ, जुुन प्राकृतिक मलको काम गर्दछ । 

केही सुुरक्षा गार्डका अनुुसार मानिसको लाश पूरै जमीनमा मलको रुपमा गाड्न आवश्यक छ, ताकि त्यहाँको उब्जाउ राम्रो होस् । 

उत्तर कोरियाका गार्ड मानिसलाई पहाडमा गाड्छन् गर्छन् । एक समय एक बच्चा पहाडतिर गइरहेका बेला उसले देखे कि एक हात बाहिर निक्लिएको थियो । वास्तवमा, त्यो शव ठीक ढंगले गाड्न भूूल भएको थियो ।

किम सूूनले यो चकित पार्ने खालको खुुलासा उत्तर कोरिया उपर बनाईएको मानवअधिकार कमिटी सामुु गरे । किम सूून यी दिनहरुमा उत्तर कोरियाबाट बचेर निक्लिएर दक्षिण कोरियाको सोल सहरमा रहेका छन् । 

स्रोतः डेली मेल