काठमाण्डौ । बेलायतका अनुुसन्धानकर्ताले सुँघ्ने क्षमता र स्वाद लिने क्षमता गुुमाउनुु कोरोनाको लक्षण हुुनसक्ने बताएका छन् । 

लन्डनको किङ्गस् कलेजको एक समूहले ४ लाख भन्दा बढी कोरोना संक्रमणको लक्षणको शंका गरिएका मानिसहरुबाट प्राप्त प्रतिक्रयालाई आधार बनाएर यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । 

तर सुँघ्ने र स्वाद लिने क्षमता हराउनुु अन्य स्वासप्रश्वास संक्रमणका लक्षण पनि हुुनसक्ने उनीहरुले बताएका छन् । एक विज्ञका अनुुसार कोरोनाको उपचारका लागि ज्वरो र खोकी लाग्नु सबैभन्दा महत्वपूर्ण लक्षण हुुने गर्दछ । त्यसैले यदि कुुनै व्यक्तिलाई निरन्तर खोकी र ज्वरो आइरहेको छ भने त्यस्ता व्यक्तिबाट टाढा रहनुु पर्दछ । 

किङग्स कलेजका अनुुसन्धानकर्ताहरुले कोरोनाभाइरसको उपचारमा सघाउन यसको लक्षणहरु बारे अनुुसन्धान गरिएको बताएका छन् ।

अनुुसन्धानका लागि उनीहरुले प्रयोग गरेको कोभिड सिम्टम ट्रयाकर एपले कोरोना संक्रमित सम्बन्धित जम्मा गरेका केही तथ्य यस्ता छन् 

– ५३ प्रतिशतले थकान महशुुस गरेका थिए । 
– २९ प्रतिशतमा निरन्तर खोकी देखिएको थियो । 
– २८ प्रतिशतममा स्वास फेर्न कठिनाई देखिएको थियो ।
– १८ प्रतिशतमा सुँघ्ने र स्वाद लिने क्षमता घटेको देखिएको थियो ।
–१०.५ प्रतिशतमा ज्वरो देखिएको थियो 

अनुुसन्धान गरिएका ४ लाख मध्ये १७०२ जनाले कोभिड १९ को संक्रमणको जाँच गरेको बताएका थिए, भने ५७९ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै ११२३ जनामा कोरोना देखिएको थिएन । कोरोना देखिएकामध्ये ५९ प्रतिशतले सुँघ्ने र स्वाद लिने क्षमता गुुमाएको पाइएको थियो । 
तर, विज्ञहरुले कोरोनाले सुँघ्ने र स्वाद लिने क्षमता गुुमाएको भन्ने तथ्यमा अझै यथेष्ट प्रमाणको नपुुगेको बताएका छन् । बेलायतको स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले पनि यो लक्षणलाई आफ्नो सूचिमा समावेश गरेको छैन ।