काठमाण्डौ। चीनको वुहानबाट सुुरु भएको कोरोनाभाइरसको संक्रमण विश्वको सबै कुुनामा पुुगिसकेको छ।

प्रत्येक दिन संक्रमित हुुने र संक्रमणबाट मृत्युु हुुनेको संख्या बढिरहेको छ। विश्वमा यसले त्रासको माहोल सिर्जना गरेको छ। तर त्रासका बीचमा पनि आशाको किरण बाँकी रहेको छ। कोरोनाबाट धेरै मानिसहरु निको पनि भइरहेका छन्। 

जोन्स हपकिन्स युुनिभर्सिटीको आँकडा अनुुसार कोरोनाभाइरसबाट विश्वभर ५३ हजार मानिसको मृत्युु भइसकेको छ। त्यस्तै १ लाख ९५ हजारभन्दा बढी संक्रमित कोरोनाबाट मुुक्त भइसकेका छन्। 

कोरोनाभाइरसबाट मुुक्त भएका मानिसहरुले भिन्दाभिन्दै अनुुभव सँगालेका छन्। कतिपयलाई एकदमै सामान्य अर्थात कम लक्षण देखिएका थियो भने कतिपयलाई गम्भीर लक्षण देखिएको थियो। 

कतिपयलाई त यस्ता लक्षणहरु देखिएका जुुन सम्बन्धित देशका स्वास्थ्य विभागले जारी नै गरेका थिएनन्। तर एउटा कुुरा के स्पष्ट भइएको छ भने अस्पताल नगईकन यसको उपचारको अरु कुुनै विकल्प छैन। 

यहाँ कोरोना संक्रमित भएका तीनजनाको संघर्षपूर्ण कथा प्रस्तुुत गरिँदैछ। यी तीनजनाको अनुभव एकअर्काबाट विल्कुुलै फरक छ तर सबैको अस्पताल जाने एउटै कारण हो काभिड–१९। 

१. म आफ्नो र बच्चाको जिन्दगीका लागि लडिरहेकी थिएँ – कैरन मैनरिङ

म दक्षिण पूर्वी बेलायतको केन्ट कस्बे क्षेत्रको हेर्ने बे इलाकामा बस्छु। म ६ महिनाकी गर्भवती छु। यो चौथो सन्तान हो। 

मार्चको दोस्रो सातादेखि मलाई सुुरुआतमा खोकीले सतायो। तीव्र ज्वरो पनि आयो। मलाई सास फेर्न मुुश्किल भएपछि मैले हेल्पलाइनमा फोन गरेँ। केहीबेरमा नै घर अगाडि एम्बुुलेन्स आइपुुग्यो। म वास्तवमै सास लिन सकिरहेको थिइनँ। त्यसैले उनीहरुले मलाई तुुरुन्तै अक्सिजन दिन सुुरु गरे। 

अस्पताल पुुगेपछि मलाई कोरोना संक्रमण भएको पुुष्टि भयो। मलाई नियोनिया पनि देखियो। अस्पतालमा मलाई एक हप्ताका लागि छट्टै राखियो। कसैलाई पनि मलाई राखेको कोठामा आउन र मसँग भेट्न अनुुमति दिइएको थिएन। म कोठामा एक्लो महसुुस गर्थें। दुई–तीनसम्म त म बेडबाट उठ्न पनि सकेकी थिइनँ। ट्वाइलेटसम्म पनि गइन्। स्वास्थ्यकर्मीले मेरो बेडसिट बदल्दा म अर्काेतर्फ फर्किन्थेँ। तर म बेडबाट उठिनँ। मलाई सास फेर्न गाह्रो हुँदा पनि अटेन्डेन्ट पूर्ण रुपमा तयार हुँदासम्म कुुर्नुु पर्दथ्यो। 

जाँच गर्न आएकाले सुुरक्षा उपकरण नलागाइसक्दासम्म म उही अवस्थामा बसिरहनुु पर्दथ्यो। म शान्त रहनुु सकूँ भनेर मेरो परिवारका सदस्यहरु मसँग निरन्तर फोनमा कुुरा गरिरहने गर्दथे। म त्यतिबेला धेरै नै डराएकी थिएँ। म मर्न गइरहेको थिएँ र मेरो परिवार हरसम्भव कुुराका लागि तयार रहेको भनिरहेका थिए। 

म प्रत्येक सासका लागि संघर्ष गरिरहेको थिए। मेरो यो लडाइँ आफ्नो र हुुनेवाला बच्चाका लागि थियो। म त्यो दिन जीवनमा कहिल्यै भुुल्ने छैन जुन दिन म अस्पतालबाट निको भएर बाहिर निक्लेकी थिएँ। म र मेरा पति गाडीमा सवार थियौँ। हामी दुुवैले मास्क लगाएका थियाँै। बाहिरबाट आएको ताजा हावालाई म महसुुस गरिरहेकी थिएँ। यो हावा एउटा युुद्ध जितेपछिको शीतलता दिने खालको थियो।

अस्पतालमा एक्लै बिताएका दिनहरुले मेरो जिन्दगीलाई सदाका लागि बदलिदिएको छ। मलाई सानोभन्दा सानो कुराको आफ्नै महत्व हुुन्छ भन्ने आभास हुुन थालेको छ। 

म अहिले घरमा सेल्फ आइसोलेसनमा बसेकी छु। जेहोस् घरमा परिवारका अन्य सदस्यको आवाज सुुन्न पाइएको छ। घरका सदस्य म बसेको कोठामा प्रवेश गर्दैनन् तर पनि कोठा बाहिर उभिएरै मलाई हौसला दिन्छन्। 

यो संक्रमणले मलाई भित्रैदेखि बलियो बनाएको छ। 

२. म केवल मलाई कसैले सहयोग गर्दिओस भन्ने चाहन्थेँ -जेसी क्लार्क

म बेलायतका राजधानी लन्डनमा बस्छु। म २६ वर्षकी भएँ। मलाई पहिलो दिनदेखि नै थाहा थियो कि यदि मलाई कोराना संक्रमण भयो भने अरु संक्रमितभन्दा धेरै खतरा हुुनेछ भनेर। मलाई किड्नीको खतरनाक रोग लागेको थियो। पाँच वर्षअघि एउटा किड्नी निकालिएको थियो। 

सुरुमा खोकी लाग्न थाल्यो र त्यपछि उनलाई सास लिन गाह्रो हुुन थाल्यो। यी दुुई लक्ष्यण देखिएपछि उनलाई चिन्ता लाग्न थाल्यो। केही दिनपछि त हिँडडुल नै समस्या हुन थाल्यो। मेरो मांसपेशी, पिठ्युँ र पेट धेरै दुुःख थाल्यो। मलाई कसैले नराम्ररी पिटेकोजस्तो अनुुभव हुन्थ्यो। 

बेलायतमा लकडाउनको घोषणा भइसकेको थियो। मेरो हुनेवाला पतिले मलाई अस्पताल पुुर्याए। अस्पताल पुुग्नेबित्तिकै उनलाई अलग्गै कोठामा लगियो। 

एक्लै भएकाले मलाई धेरै डर लागिरहेको थियो। तर मयस्तो अवस्थामा थिएँ कि जहाँ म केवल मलाई कसैले सहयोग गरिदिओस् भन्नेमात्रै चाहन्थे। त्यहाँ मलाई एउटा हरियो रंगको मास्क दिइएको थियो। त्यसपछि मलाई कोरोनाका अन्य संक्रमित रहेको सेक्सनमा लगियो। तर यहाँ प्रत्येक बेडको बीचमा पर्खाल थियो। 

चिकित्सकहरुले मेरो कोरोनाको जाँच गरेनन। डाक्टरले मलाई सबैको स्वाब टेस्ट गर्न नसकिने बताए। तर मलाई कोरोना भएको मानेर काम गर्दा सुुरक्षित हुुने बताए। मेरो छातीमा तीव्र जलन भइरहेको थियो। मलाई सास लिन गाह्रो भइरहेको थियो। म भित्रैदेखि डराइरहेकी थिएँ।
मलाई अस्पताल ल्याइएको ६ घण्टा भइसकेको थियो। मेरो हुनेवाला पति बाहिर कारमै मेरो प्रतीक्षामा थिए। उनलाई भित्र के भइरहेको छ भनेर कुुनै जानकारी थिएन। 

पाँच दिनपछि मलाई अस्पतालबाट घर फिर्ता गरियो। तर हिँडडुुल गर्न अझै गाह्रो परिरहेको थियो। 

अस्पतालबाट घर फर्किएपछि म १८ घन्टासम्म सुुत्ने गर्थें। मलाई बेलाबेलामा खोकी पनि लागिरहेको थियो। तर पहिलेभन्दा राम्ररी सास फेर्न थालेकी थिएँ। अहिले म विस्तार ठिक भइरहेकी छु। घरभित्रै क्वारेन्टाइनमा बसेकी छु। 

३. म एउटा यस्तो कोठामा थिएँ जहाँ केवल अँध्यारोमात्रै थियो - स्टिवर्ट

म ६४ वर्षको भएँ। मलाई पूर्ण विश्वास छ कि यो संक्रमण मलाई केयर मिटिङको बेला भएको हो भनेर। हामी सामाजिक दरीको सशक्त पालना गरिहेका थियौँ। तर त्यो मिटिङको बेला भीड केही धेरै नै थियो। त्यहाँ केही यस्ता व्यक्ति पनि आएका थिए जसलाई फ्लुुजस्तो लक्षण देखिएको थियो।

मिटिङ सिकिएको १० दिनपछि मेरो स्वास्थ्यावस्था बिग्रन थाल्यो। सुुरुमा यसको असर कम महसुुस भइरहेको थियो। तर पछि भर्याङ चढ्दा पनि सास फुल्न थाल्यो। केही दिनपछि हलचल गर्न पनि मुुश्किल पर्न थाल्यो। भाइरसले मेरो फोक्सोमा हमला गरिसकेको थियो।

मैले मेरो परिवारलाई फोन गरी मद्दत मागेँ। अनि उनीहरु आएर मलाई अस्पतालमा भर्ना गरे। अस्पतालमा धरै जाच गरियो। स्वाब टेस्ट पनि गरियो। डाक्टरले कोरोनाको शंका गरे र अक्सिजन पनि दिन थाले। 

त्यसपछि मलाई एक्लै अँध्यारो कोठामा राखियो। मलाई मेरो जीवन समात हुुन लागेको भान हुुन थाल्यो। तर म बाच्न चाहन्थेँ। म मनभित्र चलिरहेको द्वन्द्वलाई महसुुस गर्न सक्थेँ।

केही दिनको उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरियो। तर घर फर्किएँ। अहिले सेल्फ आइसोलेसनमा बसेको छु। 

अस्पतालबाट फर्किएपछि एउटा बानी बद्लिएको छ। अहिले प्रशस्त पानी पिउँछु। – बीबीसीबाट भावानुवाद