काठमाण्डौ । सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाल सरकारले लागू गरेको लकडाउन सकिएको घोषणा गरेलगत्तै सातदिने चेकअप क्याम्प संचालन गर्ने भएको छ । 

सुजुकीले मान्य वारेन्टी र फ्रि सर्भिसको अवधि पनि दुई महिना बढाउने भएको छ । 

यो चेकअप क्याम्पको उद्देश्य कारहरुको अवस्था ठिक छ कि छैन जाँच्नु र कुनै समस्या भएमा त्यसको समाधान गर्नु रहेको छ । क्याम्पमा कम्पनीले इन्जिन आयल लगायत अन्य कन्जुमेबल सामग्रीमा विशेष छुट उपलब्ध गराउनेछ । 

‘कोभिड १९ भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई सीजी मोटोकर्प सम्मान गर्दछ ।’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘यो अवधिमा ग्राहक वर्गमा आफ्नो सुजुकी गाडीको अवस्थासम्बन्धी हुनसक्ने चिन्ताप्रति कम्पनीको ध्यान आकर्षित भएको छ र योे योजनाले उहाँहरुको चिन्ता हटाउने अपेक्षा कम्पनीले लिएको छ ।’