काठमाण्डौ । कालिमाटी फलफुुल तथा तरकारी बजारमा भएको अचाक्ली भीडलाई रोक्न काठमाण्डौ महानगरपालिकाले कालिमाटीबाहेक अन्य ११ ठाउँमा पनि तरकारी पसल सञ्चालन गर्ने भएको छ ।

भोलि मंगलबारदेखि महानगरपालिकाले स्वयम्भुु, कलंकी, बाफल, वनस्थली, बसुुन्धरा, रत्नपार्क, गोपीकृष्ण हल, लैनचौर, कोटेश्वर र तीनकुुने क्षेत्रमा तरकारी पसल सञ्चालन गर्न लागेको हो ।

सोमबार बसेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी, महानगर प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि तथा कालिमाटी फलफुुल तथा तरकारी बजार व्यवस्थापन समितिका अधिकारीहरुले सर्वपक्षीय छलफलबाट ११ स्थानबाट तरकारी पसल संचालन गर्ने निर्णय भएको हो । 

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएका समयमा पनि कालीमाटीमा हरियो सागसब्जी किन्न सर्वसाधारणको भीड बढ्न थालेपछि संक्रमणको जोखिम बढ्नसक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।