काठमाण्डौ । लकडाउनमा बालबालिकाहरु प्नि विभिन्न खेलहरु खेल्दै आफ्नो समय बिताइरहेका छन् । यस समयलाई अझ रोमाञ्चक तथा सृजनात्मक बनाउनलाई फोर्डले ग्रुमिङ्गटेल्स् सँग सहकार्य गर्दै बालबालिकाहरुको लागि १०–दिने अन्तरक्रियात्मक अध्ययन प्रतियोगिताको शुरुवात गरेको छ ।
यस प्रतिस्पर्धा बालबालिकाहरुको लागि राम्रो शिक्षा तथा अन्तरक्रियात्मक अनुभव रहनेछ । यसमा भाग लिई हरेक दिन दिइने चुनौती तथा कामहरु समाप्त-पुरा गर्नुपर्नेछ । प्रतिस्पर्धाको १०औँ दिन बम्पर पुरस्कार विजेता घोषणा गरिने छ । उक्त बम्पर पुरस्कार सबैभन्दा बढी समर्पणका साथ सहभागी हुने प्रतिस्पर्धीलाई दिइने छ,कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
 
प्रतियोगितामा भाग लिने तरिका तथा नियमहरु ः
१. बालबालिकाका अभिभावकहरुले आफ्नो फेसबुकको टाइमलाइनमा @fordnepal @groomingtales को साथ पोष्ट गर्न जरुरी छ । साथै यस पोष्टका साथ प्रतिस्पर्धा पोस्टमा आफ्नो कमेन्ट दिनुपर्ने हुन्छ ।
२. ह्यास्ट्याग #ford #fordnepal #groomingtales  को प्रयोग गर्ने ।
३. आफ्नो फेसबुक सेटिङ्ग पब्लिकमा राख्नुहोला । (तपाईको फेसबुक एकाउन्ट सेटिङ्ग प्राइभेट रहेमा तपाईले ३प्रयोग गरेतापनि पोष्ट प्राप्त नहुन सक्छ )
४. अरु १०अभिभावकहरुलाई ट्याग गरी पोष्ट गर्नु पर्नेछ ।
५. आफ्नो पेजमा प्रतिस्पर्धा पोष्ट गरेपछी तपाईलाई फोर्ड किन मन पर्ने एक कारण कमेन्ट सेक्सनमा अवश्य लेख्नुहोला ।
६. माथिका चरणहरु पुरा परेपछि मात्र तपाईको प्रतिस्पर्धामा प्रवेश आधिकारिक हुनेछ ।
७. प्रतिस्पर्धाका विजेता 4C – Creativity, Concept, Content, Clarity को आधारमा गरिनेछ ।
८. प्रतिस्पर्धा अप्रिल १७ मा शुरु हुनेछ । हरेक दिनको चुनौती÷प्रतियोगिता बिहान ६ बजे पोष्ट गरिने छ र प्रतिस्पर्धीहरुले उक्त प्रतियोगिताको सामाग्री सोही दिन राती १०ः०० बजे सम्म पोष्ट गर्नुपर्नेछ । उक्त दिनको विजेत ाभोलीपल्ट दिनको १२ बजे फोर्ड नेपाल फेसबुक पेजमा गरिने छ ।