काठमाण्डौ । कार बजारमा यतिबेला एसयुुभि सेग्मेन्ट तीव्र गतिमा बढिरहेको छ । यहीकारण प्रत्येक कम्पनीहरु आफ्नो प्राइस रेञ्जमा एसयुुभि बेचिरहेका छन् । हालै लञ्च गरिएका कारहरुमा धेरैजसो एसयूभी कारहरु रहेका छन् । 

भारतमा लञ्च भएका अधिकांश कारहरु पनि एसयुुभि मोडेलका हुुने गर्छन् । भारतमा एसयुुभि कारको सुुरुवात सन् १९९८ मा टाटा मोर्टसले सफारी लञ्च गरेपछि यसको क्रेज बढेको पाइन्छ । तर, अहिले भारतमा एसयुुभि कारको क्रेज बढाउने सफारी कार २२ वर्षपछि बजारबाट हराइसकेको छ । 

टाटा मोटर्सले यो एसयुुभिलाई अप्रिल १ गतेदेखि लागू भएको नयाँ बिएस सिक्स एमिसन नम्सका अनुुसार अपग्रेड गरिरहेको थिएन, जसका कारण यसको उत्पादनलाई बन्द गरिएको थियो । 

आउनुुस एसयुुभिप्रति क्रेज बढाउन सहयोग पुुर्याएको यो कारका बारेमा केही जानौं । 

१९९८ मा अटो एक्स्पोमा लञ्च
टाटा सफारी सन् १९९८ को अटो एक्स्पोमा लञ्च गरिएको थियो । त्यतिबेला यो २.० लिटर टर्बाेचाज्र्ड डीजेल इञ्जिनको साथमा आएको थियो  । यो इञ्जिनले ९० एचपि पावर र १८६ एनएम टार्क जेनेरेट गर्ने गर्दथ्यो । यसको एक्स शोरुम मूल्य ८.२५ लाख भारतीय रुपैयाँ थियो । यो एसयुुभिको वजन करीब २ टन थियो । बोल्ड लुुक्स र अति नै आरामदायी सिटका कारण यसलाई अत्यधिक रुचाइएको थियो । 

५ वर्षपछि पावरफुुल अवतारमा 
सफारी लञ्च भएको ५ वर्षपछि टाटा मोटर्सले यसमा अझै धेरै पावरफुुल पेट्रोल इञ्जिन समावेश गरेको थियो । एसयुुभिमा १३५ एचपि पावरको २.१ लिटरको पेट्रोल इञ्जिन दिइएको थियो । पेट्रोल इञ्जिनको साथमा आएको एसयुुभिको मूल्य ९.३५ लाख भारतिय रुपैयाँ थियो । 

२००५ मा कम मूल्यका साथ अझै पावरफुुल
सन् २००५ मा टाटा सफारीलाई ३.० लिटर डिकोर डिजेल इञ्जिनको साथमा लञ्च गरिएको थियो । यो इञ्जिनले ११५ एचपि पावर र ३०० एनएम टार्क जेनेरेट गर्ने गर्दथ्यो । विशेष कुुरा त के भने सन् २००५ मा यस्को मूल्य घटेको थियो । यसको मूल्य ६.४ लाख निर्धारण गरिएको थियो । 

सन् २००७ मा लेटेस्ट फिर्चसको साथमा नयाँ अवतार 
टाटा मोटर्सले सन् २००७ मा सफारी डीकोर लञ्च गरेको थियो । यसमा २.२ लिटरको टर्बाेचाज्र्ड डिजल इञ्जिन दिइएको थियो । जुुन धेरै पावरफुुल थियो । सफारी डिकोरमा एबिएस र ड्युुल एअरब्याग जस्ता लेटेस्ट फिर्चसहरु थिए । यसको अलावा यसमा रियर ह्वील ड्राइभ र फोर ह्वील ड्राइभको अप्सन पनि दिइएको थियो । सन् २०१७ मा सफारी डीकोर बन्द भएको थियो । यसमा दिइएको इञ्जिन यति राम्रो थियो कि २००७ देखि २०१७ सम्म यसयुुभिमा यहि इन्जिन थियो । 

सन् २०२० मा सफारीलाई गरियो अलबिदा
टाटा मोटर्सले सन् २०१२ मा सफारी स्ट्रोम लञ्च गरेको थियो । सन् २०१७ मा सफारी डिकोर बन्द भएपछि यो एकमात्र भेरियन्ट बजारमा उपलब्ध रहेको थियो । सन् २०१५ मा टाटाले २.२ लिटर भारि कोर ४०० इञ्जिनको साथमा सफारी स्ट्रोमलाई अपडेट गरेको थियो । यो इञ्जिनले १५६ बिएचपि पावर र ४०० एनएम टार्क जेनेरेट गर्ने गर्दथ्यो । सन् २०२० मा टाटा मोटर्सले सफारी एसयुुसभिको उत्पादनलाई बन्द गरेको छ ।