काठमाण्डौ । कोरोनाभाइरससँग जुुधिरहेको विश्व यतिबेला चाँडोभन्दा चाँडो यसको उपचारको खोजी गर्न चाहन्छ । कोरोनाविरुद्धको भ्याक्सिन विकासका लागि अरबौं डलर खर्च भइरहेको छ, जसको माध्यमबाट लाखौको जीवन बच्ने विश्वास लिइएको छ । 

कोरोनाका कारण मृत्युु भएका हजारौंको शव देखेपछि विश्वका शक्तिराष्ट्रहरु पनि त्रासले काँपिरहेका छन् । कोरोनाविरुद्धको भ्याक्सिनका लागि विश्वका सबै देश पनि यतिबेला कुुनै पनि मूल्य चुुकाउन पछि नपर्ने अवस्थामा रहेका छन् । यतिबेला विश्वका प्रत्येक देशहरु कोरोनाविरुद्धको भ्याक्सिन सर्वप्रथम आफूलाई प्राप्त होस् भनेर प्रयासरत छन् । तर, यो त्यति सजिलो भने छैन । 

अमेरिकाले यो साता भ्याक्सिनका लागि औषधि निर्माता कम्पनी एस्त्राजेनेकालाई १.२ बिलियन डलर प्रदान गर्ने निर्णय गरेको थियो । वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सिन विकास गर्नका लागि दिनरात लागिपरेका छन् र यसको सफलताका लागि करीब एक वर्षदेखि डेढ वर्ष सम्म लाग्नसक्ने उनीहरुले बताएका छन् । वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सिन विकास गर्न सफल भएसँगै भ्याक्सिनमाथि नियन्त्रण हुुनेको ग्लोबल पोजिसनीङ बलियो हुुनेछ । 

भ्याक्सिन हासिल गर्ने यो दौडमा जुुन देश अब्बल हुुने छ, उसले सबैभन्दा पहिले आफ्ना नागरिकहरुलाई मृत्युुको मुुखबाट बचाउनेछ । विश्वका विकसित देशहरुले भ्याक्सिन विकास भए पहिला आफूलाई आपूर्ति गर्न कयौ अनुुसन्धान कम्पनीहरुसँग सम्झौता गरेका छन् । 

अमेरिका, बेलायत र फ्रान्स जस्ता देशहरु भ्याक्सिन हासिल गर्न अरबौ डलर खन्याइरहेका छन् । जुुन पनि देशले यो भ्याक्सिन पहिले हासिल गर्नेछ उ भविष्यको सम्भावित प्रकोपको लागि भ्याक्सिन भण्डारण गर्नेछ । यसका लागि भ्याक्सिन निर्यातमा रोक समेत लाग्न सक्ने सम्भावना रहेको विज्ञहरुले चेतावनी दिएका छन् । 

यदि भ्याक्सिन सफल भए त्यसलाई अर्काे देशमा पुुग्न कयौ वर्षसम्म लाग्नसक्छ । कोरोनाविरुद्धको भ्याक्सिन, अर्थतन्त्र र राजनीतिको बीचमा दोसाँधमा अल्झिएको छ । आर्थिक र राजनीतिक रुपमा शक्तिशाली देशहरुले आफ्नो पहँुुचको आधारमा चाँडो नै भ्याक्सिन हासिल गर्न सक्नेछन् र यस मामिलामा कमजोर देशहरु भने यो दौडमा पछाडि पर्ने देखिन्छ । 

यी देशहरुमा भ्याक्सिन पुग्न समय लाग्ने देखिन्छ । विकसित देशका जनता सुुरक्षित भएको सुुनिश्चित भए मात्रै गरीब र तेस्रो विश्वका जनताले भ्याक्सिन उपयोग गर्न सक्नेछन् । 

यो महिनाको सुुरुवातमा युुरोपियन युुनियनले एउटा सम्मेलन आयोजना गरेको थियो । यो सम्मेलनको उद्देश्य ती प्रयोगशालाका लागि रकम जुुटाउनुु थियो, जसको भ्याक्सिनको प्रारम्भिक नतिजा सकारात्मक देखिएको थियो । यो सम्मेलनको दौरान करीब आठ बिलियन डलरको फन्डीङमाथि सम्झौता बनेको थियो । अमेरीका र रुस यसमा सामेल भएका थिएनन् । सहभागी भएको चीनले कुुनै पनि रकम दिएन । दुुवै देशहरु आफ्नै देशका रहेका प्रयोगशालामा पैसा लगानी गरिरहेका छन् । 

ग्लोबल पेटेन्ट प्रणाली यस्तो छ, कि जसले भ्याक्सिन विकास गर्नेछ, ऊ मालामाल बन्नेछ । चीन र अमेरीकाले भ्याक्सिन विकास गर्नका लागि अरबौ डलर दाउमा लगाएका छन् । यसमा उत्पादन र स्वीकृति प्रदान गर्ने जस्ता विषयहरुले पनि भूमिका खेल्ने देखिन्छ । 

सर्वप्रथम भ्याक्सिन विकास गर्ने देशले घरेलु उत्पादक कम्पनीलाई उत्पादन अनुुमति दिएर खेल खेल्न सक्छ । मानौ यदि अमेरीकाले पहिले भ्याक्सिन विकास गर्यो भने उसले त्यो भ्याक्सिनलाई तत्कालै स्वीकृति प्रदान गर्नेछ र चीनको भ्याक्सिनलाई अस्वीकृत गर्न सक्नेछ । यसको फाइदा अमेरिकी विकासकर्तालाई हुुनेछ । चीनले पनि यस्तै गर्न सक्नेछ । यसका कारण भ्याक्सिनको उत्पादन व्यापक मात्रामा हुुने छैन, जुुन विश्वका लागि आवश्यक रहेको छ ।