काठमाण्डौ । अमेरीकी महाद्विपभरिमा कोरोनाको नियन्त्रण र रोकथामका लागि सव्र्रप्रथम सुुरक्षाका उपायहरु अबलम्बन गर्ने देशहरुमध्य पेरु पहिलो देश हो । 

कोरोनाको नियन्त्रण र रोकथामका लागि पेरु सरकारले घरमै बस्न निर्देशन, कफ्र्यू र सीमानाका बन्द गर्ने जस्ता उपायहरु अबलम्बन गरेको थियो । तर यी प्रयासहरुका बाबजुुद पेरु कसरी सबैभन्दा धेरै प्रभावित मुलुकमध्ये एक बन्न पुग्यो ?

सोमबारसम्म पेरुमा १२३९०० भन्दा धेरै कोरोनाका संक्रमणहरु देखिएका छन् । कोरोनाबाट मृत्युु हुुनेको संख्या ३६०० पुुगेको छ । संक्रमित र मृत्युु दुुवै मामिलामा ल्याटिन अमेरिकी देशहरुमा ब्राजिलपछि पेरु दोस्रो स्थानमा रहेको छ । 

यी दुुवै देशहरुले कोरोनाको महामारीलाई विल्कुुलै फरक ढंगले सामना गरेका थिए । ब्राजिलका राष्ट्रपति जैर बोलसोनेरोले कोरोनाको प्रभावलाई नकार्दा पेरुका राष्ट्रपति मार्टिन भिज्काराले मार्च १५ गते राष्ट्रव्यापी आपतकालको घोषणा गरेका थिए, जसमा अनिवार्य सेल्फ क्वारेन्टिन र देशका सीमानाकाहरु बन्द गर्ने निर्णय पनि समावेश थिए । पेरु सरकारको यस्ता कडा निर्णयका बाबजुुद देशमा कोरोनाको संक्रमण आगोसरि फैलिएको छ । 

सरकारी आँकडाअनुुसार कोरोनाको अवस्था भयावह भएपछि अहिले पेरुको भेन्टिलेटर भएका सघन उपचार कक्षका ८५ प्रतिशत बेडहरु कोरोना बिरामीले भरिएको छ । “यो अवस्था स्वास्थ्य आपतकाल मात्रै होइन, यो त स्वास्थ्य संकटको अवस्था हो । यस्तो अवस्था जहाँ महामारीले देशको स्वास्थ्य क्षेत्रको प्रतिक्रिया क्षमतालाई उछिनेको छ ।” पेरु मेडिकल कलेजका डाक्टर अल्फ्रेडो सेलिसले सिएनएनसँगको अन्तर्वार्ताको क्रममा भनेका छन् । 

महामारीको लागि दृढतापूर्वक र गभिरतापूर्वक प्रतिक्रिया देखाएको देशको अवस्था कसरी यस्तो भयावह भयो ? 

आवश्यकताविरुद्ध क्वारेन्टिन उपायहरु 
पेरुको डाक्टर इल्मर ह्युुरटाका अनुुसार यसको मुुख्य कारण भनेको पेरुमा रहेको गहिरो असमानता हो । 
“मेलै पेरुको यो अवस्थाबाट के जान्ने मौका पाएँ भने यो भाइरसले कुुनै स्थानको सामाजिक तथा आर्थिक परिस्थितिहरुलाई उदाङ्गो पारिदिन्छ ।’ उनले भने । 

पेरुका गरीब जनतालाई काम, खानपनि र बैंकिङ गतिविधिका लागि बाहिर निस्कने बाहेक अन्य कुुनै विकल्प थिएन । उदाहरणका लागि सन् २०१७ को राष्ट्रिय जनगणनाअनुुसार  पेरुका ४९ प्रतिशत जनतासंग मात्रै फ्रिज रहेको छ । यसमध्ये पनि ६१ प्रतिशत सहरी जनतासंग मात्रै यो रहेको छ । जसका कारण मानिसहरुले दैनिक आवश्यक पर्ने खानेकुुरालाई स्टक गर्न सक्दैनथे र उनीहरु तरकारी र खाद्यान्न खरीद गर्न दैनिक घरबाहिर निस्कने गर्दथे । 

“यदि तपाइ बस्ने समाजमा सबैजना घरबाहिर निस्कन्छन् भने तपाइले समाजमा मानव सम्पर्कलाई नकार्नुु हुुन्छ ।” ह्युुरटाले भने । 

पेरुमा अप्रिल १४ गतेबाट घरमा अनिवार्य रुपमा बस्न सरकारले निर्देशिका जारी गरेपछि पनि मानिसहरुको पसलहरुमा सामान खरीद गर्न लामो लाइन लागेका देखिन्थे । अधिकांशले मास्क लगाएका थिए, तर उनीहरुले सामाजिकदूरी भने कायम गरेका थिएनन् । अप्रिल १४ गते सम्म पेरुमा १०३०३ कोरोना संक्रमणका केशहरु देखिएका थिए । अहिले यो संख्या १० गुुणा धेरै भएको छ । 

अनावश्यक परिणामहरु 
पेरुका अर्थशास्त्री र युुनिभर्सिटी अफ क्यालिफोर्नियाका सहायक प्राध्यापक लोपेज भार्गसका अनुुसार सरकाले प्रदान गरेको कोरोना राहत कोषबाट पैसा प्राप्त गर्न मानिसहरु बैंकमा झुुम्मिएका थिए । कमजोर आर्थिक अवस्था भएका जनताहरुलाई राहात प्याकेज प्रदान गर्ने निर्णय राम्रो कदम थियो, तर यसको वितरण भने कमजोर तरिकाले डिजाइन गरिएको थियो । 

पेरुको केन्द्रीय बैंकको प्रतिवेदन अनुुसार गत वर्ष सम्म पेरुका ३८ प्रतिशत बयस्क जनतासँग मात्रै बैंक खाता थियो । वित्तीय प्रणालीमा अधिकांश मानिसहरुको पहुुँच नहुुनुुको अर्थ सहायता स्वरुप पैसा प्राप्त गर्न मानिसहरु बैंक धाउनुु हो । 

सरकारले प्रदान गरेको राहतको रकम हासिल गर्न पेरुका बैंकहरुमा ठूलो भीड देखिएको थियो । धेरैजसो पेरुका जनताहरु आफ्नो जीवन यस्तो ढंगले जिउने गर्दछन् जसका कारण सामाजिक दूरी कायम गर्न मुुश्किल पर्दछ । 

लोपेज भार्गसका अनुुसार पेरुका करीब ३० प्रतिशतभन्दा धेरै जनताहरु बढी भिडभाडयुुक्त अवस्थामा बसोवास गर्ने गर्दछन् । यहाँ एउटै कोठामा ४ भन्दा धेरै मानिसहरु सँगै सुुत्ने गर्दछन् । यसका साथै पेरुका करीब ७२ प्रतिशत मानिसहरु अनौपचारिक अर्थतन्त्रमा काम गर्ने गर्दछन् र उनीहरु काम गर्नका लागि बाहिर निस्कने गर्दछन् जसका कारण आफूलाई आइसोलेट गर्न सक्दैनन् । 

गत शुुक्रबार पेरुका राष्ट्रपति भिज्काराले देशमा जुुन ३० सम्मका लागि आपतकाल बढाउने निर्णय गरेका थिए । जसअन्तर्गत अनिवार्य सेल्फ क्वारेन्टिन र देशव्यापी कफ्र्यू जस्ता निर्देशिकाहरु समावेश गरिएका छन् । पेरुमा आपतकालिन उपायहरु लम्बाइएको यो पाँचौ पटक हो । तर यो पटक केही निश्चित व्यापार व्यवसायलाई सञ्चालनको अनुुमति प्रदान गरिएको छ । यसमा सलुुन, फुुड डेलिभरी र डेण्टल सेवाहरु समावेश छन् ।