काठमाण्डौ । अमेरिकाको एउटा बायोटेक्नोलोजिकल कम्पनीले अस्ट्रेलियामा कोरोनाभाइरस संक्रमणविरुद्धको औषधि मानिसमा परीक्षण सुुरु गर्ने घोषणा गरेको छ। 

कम्पनीले यो औषधि यसै वर्षको अन्त्यसम्म आउने विश्वास लिएको छ। बायोटेक्नोलोजिकल कम्पनी नोभाभ्याक्सका प्रमुुख अनुुसन्धानकर्ता डा ग्रिगोरी ग्लेनले कम्पनीले पहिलो चरणको परीक्षणका सुुरु गरिसकेको र यसका लागि अस्ट्रेलियाको मेलबर्न र ब्रिस्बेन शहरका १३१ जना स्वयंसेवकमाथि यो औषधिको परीक्षण गरिने बताएका छन्। 

ग्लेनले म्यारिल्यान्डस्थित मुुख्यालयमा आयोजित अनलाइन प्रेस कन्फ्रेन्समा भने, “हामी कोरोनाविरुद्धको भ्याक्सिन र औषधिकालाई एक साथै निर्माण गरिरहेका छौँ ता कि यसलाई हामी यो वर्षको अन्त्यसम्म आम मानिसका लागि उपलब्ध गराउने सक्नेछौँ।” 

चीन, अमेरिका र युुरोपमा करिब एक दर्जन भ्याक्सिनहरुमाथि प्रारम्भिक परीक्षण भइरहेको छ। तर यी भ्याक्सिनहरु सुरक्षित र प्रभावकारी हुुन्छन् कि हुँदैनन् भनेर स्पष्ट भएको छैन। 

यी भयाक्सिनहरुको विकास र यिनीहरुले देखाउने प्रभाव फरकफरक भएकाले यिनीहरुको सफलतामा केही आशा लाग्दो संकेत देखिएको छ। – एजेन्सी