काठमाण्डौ । के बालबालिकाले कोरोनाभाइरस फैलाउन सक्छन् ? उनीहरु स्वयंलाई यसको कति खतरा हुुन्छ ?

यी प्रश्न यसकारण पनि महत्वपूर्ण हुुन्छन् कि लकडाउनपछि स्कुुलहरु पुुनः सञ्चालन हुुनेछन्। त्यसैले पहिलेदेखि नै यसबारे तयारी गर्नुु बुुद्धिमतापूर्ण हुुन्छ। जसका कारण बालबालिकाले खतराको सामना गर्नुु नपरोस्। 

अहिलेसम्म सार्वजनिक भएका अनुुसन्धानहरुका अनुुसार बालबालिकाको तुुलनामा वयस्य र वृद्धवृद्धा सबैभन्दा बढी कोरोनाबाट प्रभावित भएका छन्। बेलायत, वेल्स् र उत्तरी आयरल्यान्डमा २४ अप्रिलसम्म आईसीयूमा भर्ना भएका कोरोना संक्रमितको औसत आयुु ६० वर्ष थियो। 

वेल्स युुनिर्भसिटीका प्राध्यापक आडिल्या वारेस भन्छन्, “कोरोना संक्रमितहरु कुुल संख्यामा बालबालिकाको हिस्सा १ देखि ५ प्रतिशत रहेको छ। वयस्कको तुुलनामा बालबालिकामा कोरोनाको लक्ष्यण हल्का हुुने गर्दछ र मृत्युुको प्रतिशत पनि कम देखिएको छ।” 

अक्सफोर्ड युुनिर्भसिटीका प्राध्यापक म्याथ्युु सनिप बालबालिका र कम उमेरका मानिसहरुमा कोरोनाभाइरसको प्रभाव कस्तो हुुन्छ भनेर अध्ययन गरिरहेका छन्। उनका अनुुसार बालबालिकाले कोरोनाभाइरस फैलाउन सक्छन कि सक्दैनन् भन्नेबारेमा अहिलेसम्म एकदमै कममात्रै जानकारी प्राप्त भएको छ। 

साउथ ह्यामिल्टन युुनिर्भसिटीमा महामारी रोग विशेषज्ञका रुपमा कार्यरत प्राध्यापक सिविल फास्ट भन्छन्, “अहिलेसम्म देखिएका आँकडाअनुुसार बालबालिकामा कोरोनाभाइरसको लक्षण कम हुुने गर्दछ।” 

फास्टका अनुुसार बालबालिकामा कोरोनाभाइरस फैलनुुको कारण फरक–फरक हुुन सक्छ। यस्ता रिपोर्टहरु पनि अगाडि आएका छन् कि केही बालबालिका यसबाट बढी प्रभावित भएको देखिएका छन् तर पछि उनीहरुको शरीरमा प्रतिरोधात्मक क्षमता विकास पनि भएको पाइएको छ। 

बेलायत, अमेरिका र युुरोपका धेरै जसो बालबालिका कोरोनाजस्तै कावासाकी भन्ने रोगबाट प्रभावित बनेको देखिएको छ। कावासाकी र कोरोनाको लक्षण एउटै जस्तै हुने गर्दछ। यो रोगबाट प्रभावित बालबालिकामा तीव्र ज्वरो, कम रक्तचाप र सास फेर्नमा समस्या आउने गर्दछ। 

विशेषज्ञहरुका अनुुसार बालबालिकामा कोरोना संक्रमण देखिने त गर्दछ तर यसबाट बालबालिका गम्भीर हुुने सम्भावना भने कममात्रै हुुने गर्दछ। यदि बालबालिका बिरामी छन् भने अन्य कारणले पनि हुुन सक्छ। 

रोयल कलेजका अनुुसार बालबालिकामा केही लक्ष्यण देखिँदा डाक्टहरुको परामर्श लिनुु पर्दछ। जस्तै कि बालबालिकाको शरीरको रङ पहेँलो हुँदा, छुँदा उनीहरुको शरीर चिसो महसुुस हुँदा, सास लिन गाह्रो हुँदा, ओठ नीलो हुँुदा र उनीहरुमा बेचैनी देखिँदा तरुन्तै मेडिकल सहायता लिनुुपर्दछ। – एजेन्सी