काठमाण्डौ । कोरोनाभाइरसको प्रभावका कारण विश्वभरको पर्यटन क्षेत्र नराम्ररी प्रभावित बनेको छ।

लकडाउनका कारण मानिसहरु घरमै बसिरहेका छन्। जसले गर्दा उनीहरुले यात्रा गर्न पाइरहेका छैनन्। 

यसैबीच जापान सरकारले विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि एउटा विशेष प्याकेजको घोषणा गरेका छन्। जापान सरकारले देशमा पर्यटक भित्र्याउनका लागि १८.२ बिलियन डलर खर्च गर्ने घोषणा गरेको छ। 

प्योकजअन्तर्गत सरकारले पर्यटकको यात्रा शुुल्कको आधी रकम व्यहोर्ने भएको छ। जापानको टुुरिजम एजेन्सीका प्रमुुख हिरोशी तबाताले आधी खर्च सरकारले व्यहोर्ने भएपछि पर्यटक जापान भ्रमणका लागि आकर्षित हुुने विश्वास लिएका बताएका छन्। यो योजनाको विस्तृत विवरण आउन भने अझै बाँकी रहेको छ। 

द जापान टाइम्सको रिपोर्टका अनुुसार जापान सरकारले यो योजनालाई जुुलाईसम्म लागू गर्न सक्नेछ। तथापि अहिलेका लागि जापानमा पर्यटकका लागि प्रतिबन्ध कायम नै रहेको छ। 

गत सोमबार जापानका प्रधानमन्त्री सिन्जो आवेले देशमा आपतकाल अन्त्य गरेपछि टुुरिजम एजेन्सीले यस्तो योजना सार्वजनिक गरेको हो। लकडाउनका कारण जापानी नागरिक यतिबेला घरभित्र रहेका छन् र स्कुुलहरु पनि बन्द अवस्थामा छन्। – एजेन्सी