काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा तेश्रो दिनको प्रदर्शन पनि उत्साहजनक रहेन । दोश्रो दिनको तुलनामा उच्च आवेदन परे पनि यसअघि नेपाल लाइफले निश्कासन गरेको एफपीओको तुलनामा भने बैंकले झूर प्रदर्शन गरेको हो । 

ब्राण्डको हिसाबले यो बैंकको एफपीओमा नेपाल लाइफको भन्दा उत्साहजनक आवेदन पर्ने अपेक्षाका बीच लगातार तेश्रो दिनले पनि राम्रो प्रदर्शन गर्न सकेन ।
 

यो बैंकको एफपीओ चैत १ गतेदेखि निश्कासन भएकोमा तीन दिनसम्म आइपुुग्दा ९ अर्ब ७० करोडको हाराहारीमा मात्र आवेदन परेको छ । बैंकका प्रमुख सूचकहरु धराशायी हुँदै गएका कारण धेरै लगानीकर्ताले यो बैंकको एफपीओतर्फ मन लगाएका छैनन्, यही कारण समेत अन्तर्राष्ट्रिय स्तरको ब्राण्डेड बैंकको एफपीओमा तुलनात्मक रुपमा न्यून आवेदन परेको हो । 

तेश्रो दिन बिहीबार स्ट्याण्डर्डको एफपीओमा ६ अर्ब १० करोडको हाराहारीमा प्रस्ताव परेको छ । देशभरका परम्परागत संकलन केन्द्र र आस्वा प्रणालीमार्फत समेत गरी ३९ हजारले तेश्रो दिन आवेदन दिएका छन् । 

प्रतिष्ठित बैंकको एफपीओमा दोश्रो दिनमा परेको आवेदन यसअघिका केही ‘क’ वर्गका कम्पनीहरुको तुलनामा उत्साहजनक होइन । ब्राण्डको हिसाबले यो बैंकको एफपीओमा नेपाल लाइफको भन्दा उत्साहजनक आवेदन पर्ने अपेक्षाका बीच लगातार तेश्रो दिनले पनि राम्रो प्रदर्शन गर्न सकेन ।

यसअघि एफपीओ निश्कासन गरेको नेपाल लाइफमा तेश्रो दिन मात्रै १ लाख २ हजार आवेदनबाट १५ अर्ब ५० करोड बढीको प्रस्ताव परेको थियो । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा दोश्रो दिन बुधबार देशभरबाट १९ हजार ८ सय(परम्परागत र आस्वासहित)ले २ अर्ब ६५ करोड बराबरको मात्र आवेदन दिएका थिए । पहिलो दिन मंगलबार चाहि ९२ करोड ९६ लाख बराबरको आवेदन परेको थियो । अन्तराष्ट्रिय ब्राण्डको यो बैंकले एकसय रुपैयाँ अंकित मूल्यमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १२ सय ९० रुपैयाँमा एफपीओ निश्कासन गरेको हो । 

कुल २५ लाख ५८ हजार १ सय ४० कित्ताका लागि ३ अर्ब ३० करोडको आवेदन मागिएकोमा शुक्रबार आवेदन दिने अन्तिम दिन हो ।