काठमाण्डौ । औषधि निर्माता कम्पनी एस्त्राजेनेकाले कोरोनाविरुद्धको २ बिलियन डोज भ्याक्सिन उत्पादन गर्ने लक्ष्य लिएको छ।

यसमध्ये कम्पनीले ४०० मिलियन डोज अमेरिका र बेलायतका लागि र १ बिलियन डोज निम्न र मध्यआय भएका देशहरुका लागि उत्पादन गर्ने जनाएको छ। कम्पनीले अमेरिका र बेलायतलाई कोरोनाविरुद्धको भ्याक्सिन यही वर्षको सेप्टेम्बर या त अक्टोबर महिनाबाट वितरण गर्ने योजना बनाएको छ। 

एस्त्राजेनेकाका सीईओ पास्कल सोरिओटका अनुुसार सन् २०२१ बाट कम्पनीले वितरणलाई सन्तुुलित पार्दै जानेछ। यसका साथै कम्पनीले निम्न तथा मध्य आय भएका देशहरुलाई १ बिलियन डोज उपलब्ध गराउनका लागि भारतको सेरम इन्स्च्यिुट अफ इन्डियासँगको सम्झौतामा हस्ताक्षर गरेको र यसमध्ये ४०० मिलियन डोज भने यो वर्षको अन्त्यसम्म आपूर्ति गर्ने जनाएको छ। 

एजेडडी १२२२ नामक भ्याक्सिन अक्सफोर्ड युुनिभर्सिटीले विकास गरेको हो र एस्त्राजेनेकाले आफ्नो साझैदारसँग मिलेर यो भ्याक्सिनको उत्पादन र वितरण गर्ने भएको छ। कम्पनीका सीईओ सोरिओटका अनुुसार यही अप्रिल महिनामा भएको परीक्षणका आधारमा भ्याक्सिनको वितरण निर्भर हुुनेछ।