काठमाण्डौ । म्यानमारबाट २६ जना नेपाली शुक्रबार स्वदेश आइपुगेका छन्। यूएईबाट पनि १६८ नेपाली शुक्रबारै नेपाल आउन लागेका छन्। 

कोरोनाभाइरसको उच्च जोखिमका बेला विदेशमा रहेका नेपाली नागरिकमध्ये फर्कनैपर्ने बध्यतामा परेकालाई सरकारले नेपाल फिर्ता ल्याउन थालेको हो।

म्यानमार सेनाको एयरफोर्स विमान ती नेपालीलाई लिएर शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। 

ती नेपालीलाई बसुन्धारस्थित पार्टी प्यालेसको होल्डिङ सेन्टरमा लगेर केहीबेर राखिने र त्यसपछि तोकिएको क्वारेन्टिनमा लगिनेछ। त्यसका लागि त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछ।

यसैगरी यूएईबाट १६८ नेपाली शुक्रबार नेपाल आउन लागेका छन्। युएईबाट नेपाली नागरिक बोकेको विमान शुक्रबार दिउँसो साढे २ बजेदेखि ३ बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बताइएको छ।