काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विश्व अर्थतन्त्र नै महामन्दीतर्फ उन्मुख भइरहेको छ। 

महामन्दीतर्फ उन्मुख अर्थतन्त्र उकास्नकै लागि विश्वका विभिन्न देशले लकडाउन खुकुलो पार्ने नीति अवलम्बन गरिरहेका छन्। भारतले लकडाउन खुकुलो पार्दै आज सोमबारबाट सपिङ मल, होटेल, रेस्टुराँ आदि खोल्न अनुमति दिइसकेको छ। नेपालमा पनि लकडाउन खुकुलो पार्दै बजारव्यवसाय सुचारु गर्न आवाज उठिरहेको छ। 

उता युरोपेली मुलुक न्युजिल्यान्डले भने कडा लकडाउनकै कारण यो महामारीलाई माथ दिएको छ। न्युजिल्यान्डले अब यो महामारीलाई पुनः फैलिन नदिन अझै पनि देशका सीमाहरु पूर्ण रुपमा बन्द राखेको छ। 

गत अप्रिलको अन्त्यदेखि न्युनिल्यान्डमा यो संक्रमण लगभग शून्य अवसमा छ। जसका कारण न्युनिल्यानडले देशभित्र केही प्रतिबन्धहरु फुकुवा गर्दै लगेको छ। 

न्युजिल्यान्डले गत १९ मार्चदेखि अन्य देशसँगको सीमा नाकाहरु बन्द गरेको छ। त्यसअघि नै न्युजिल्यान्डले कडा लकडाउन लागू गरेको थियो। 

मार्चको सुरुआतसम्म न्युजिल्यान्डमा केवल ३० जना संक्रमित फेला परेका थिए। जब यो संख्या बढ्ने सम्भावना बढ्दै गयो तब प्रधानमन्त्री जेसिन्डा अर्डर्नले हाई अलर्ट घोषणा गर्दै देशमा सख्त लकडाउन लागू गरिन्। 

सख्य लकडाउनकै कारण यो संक्रमण नियन्त्रण हुँदै गएको देखिएपछि प्रधानमन्त्री अर्डर्नले पाँचौँ हप्तामा दैनिक खानपानका पसल र अन्य व्यापारिक प्रतिष्ठान खोल्न अनुमति दिएकी थिइन्। अन्ततः अप्रिलको अन्त्यसम्म न्युजिल्यान्डमा कोरोना संक्रमणको मामिला शून्यमा झर्यो र देशमा लगाइएका अन्य प्रतिबन्ध पनि हटाइयो। 

यद्यपि यो महामारीलाई देशभित्र भित्रनै नदिन अझै पनि न्युजिल्यान्डका सीमाहरु बन्द नै राखिएको छ। – एजेन्सी