काठमाण्डौ। प्रोग्रेशिभ फाइनान्स लिमिटेडको नयाँ निक्षेप योजना आरोग्य बचत खाता सार्वजनिक भएको छ।

हालको कोरोना भाइरस महामारीलाई दृष्टिगत गर्दै यसको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले यो नयाँ निक्षेप योजना ल्याइएको फाइनान्सले जनाएको छ। यस योजनाअनुसार अब ग्राहकले खोलेको खाताको न्यूनतम मौज्दातका आधारमा रु. १ लाखसम्मको बीमा सुविधा प्रदान गरिने फाइनान्सले स्पष्ट पारेको छ। साथै न्यूनतम मौज्दात रु. ५० हजार हुने गरी खाता खोल्ने ग्राहक रु.१ लाखबराबरको कोभिड १९ बीमा सुविधाबाट लाभान्वित हुन सक्ने फाइनान्सको दाबी छ। 

फाइनान्सको प्रशन्न बचत खाताका ग्राहकलाई समेत उक्त बीमा सुविधा उपलब्ध हुनेछ। 

यसैगरी रु १ लाखको मुद्दति खोल्दा रु १ लाखकै कोरोना बीमा सुविधा पाइने योजना पनि फाइनान्सले ल्याएको छ। यस योजनाअनुसार रु. १ लाख वा सोभन्दा बढीको न्यूनतम एकवर्षे मुद्दति खाता खोल्ने ग्राहकलाई पनि रु. १ लाखकै कोभिड १९ बीमा सुविधा फाइनान्सले उपलब्ध गराउनेछ। संस्थागत ग्राहकको सुविधाका लागि पनि फाइनान्सले नयाँ योजना अघि सारेको छ। 

रु.८० करोड १ लाख चुक्तापूँजी रहेको फाइनान्सले हाल ७ वटा शाखा तथा ४ वटा एक्सटेन्सन काउन्टरबाट सेवा प्रवाह गरिरहेको छ।