काठमाण्डौ। इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले जूम भिडियो कन्फ्रेन्सिङ एप अफर ल्याएको छ।

जूमकोे भिडियो कन्फ्रेन्सिङ एपले यो लकडाउन र सामाजिक दूरीको समयमा व्यापक लोकप्रियता कमाइरहेको बेलामा अहिलेको आवश्यकतालाई बुझेर भायानेटले नेपालका लागि जूमको आधिकारिक रिसेलर जिनिज सोलुसनसँग साझेदारी गर्दै जूमको पेड सदस्यता अफर ल्याएको हो। भायानेटका ग्राहकहरुले भायानेटमार्फत जूमको सदस्यता लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

नेपालभरि फैलिरहको कोभिड–१९ का कारण सबै संगठन र संस्थानहरु अहिले जूमजस्ता भिडियो कन्फ्रेन्सिङ/मिटिङ एपमार्फत आफ्नो दैनिककार्य सञ्चालन गरिरहेका छन्।

जूम शैक्षिक संस्थानहरुका लागि अनलाइन कक्षाहरु सञ्चालन गर्न, कर्पोरेटका लागि मिटिङ, कन्फ्रेन्स र रिमोट तालिम गर्न र प्रशिक्षक, प्रेरक वक्ताका लागि वेबिनारहरु गर्न प्रभावकारी छ। त्यसैले यस एप्को पेड भर्जनले व्यक्ति र संघ–संस्थालाई महामारीको दौरान र पछि आफ्नो कार्यहरु सजिलै सञ्चालन गर्न उल्लेखनीय फाइदा र सुविधा प्रदान गर्दछ।

अनपेड सदस्यताको दाँजोमा पेड सदस्यताको केही फाइदाहरु कम्पनीले सार्वजनिक गरेको छ। जसमा चौबीस घन्टे गु्रप मिटिङ (अनपेडमा ४० मिनेटमात्र), होस्टले १००० सदस्यभन्दा बढी सदस्यमा अपग्रेड गर्नसक्ने वा १० हजार जना उपस्थित भएर हेर्नमात्र मिल्ने र स्पिच–टु–टेक्स्ड ट्रान्सक्रिप्सनद्वारा मिटिङको बुँदाहरु स्वतः उत्पादन हुने सुविधा पनि यसमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।