काठमाण्डौ । एक डिम्याटले एक ब्रोकरबाट मात्र धितोपत्र कारोबार गर्ने व्यवस्थाले स्टक ब्रोकरहरुबीच रुवाबासी सुुरु भएको छ ।

नयाँ नियमानुुसार लगानीकर्ताको एउटा बीओ आइडीबाट एउटा ब्रोकरमार्फत् सेयर बेच्न पाइने, तर एकभन्दा बढी ब्रोकरमार्फत् सेयर किन्न भने पाइन्छ । 

सेयर जुुनसुुुकै ब्रोकरमार्फत किन्न पाइने, तर बेच्न चाहिँ किन नपाइने भन्ने प्रश्न उठ्न सक्छ । यसको कारण डिम्याट खाता नै नट्स र टीएमएसमा म्याचिङ भएको हो अर्थात् सेयर बिक्री गर्दा चाहिँ लगानीकर्ताको डिम्याट खातामा भएको फ्री ब्यालेन्स सेयर भए मात्र बिक्री गर्न पाइन्छ । यदि अन्य ब्रोकरबाट बेच्न खोजेमा सिस्टमले सर्टसेल देखाउँछ । नेप्सेले अफलाइन र अनलाइन दुुवै डिम्याट इन्टीग्रेसन गरेका कारण नेप्सेको अनलाइन प्रणालीमा एउटा बीओ आइडी र एक ब्रोकर मात्र समाहित हुुन पाउँछन् ।  

धितोपत्र बोर्डको नियमानुुसार एक लगानीकर्ताले २ वटा डिम्याट खातामात्र खोल्न पाउने व्यवस्था छ । हिजोको दिनमा विविध उद्देश्यले एकजना लगानीकर्ताले एकभन्दा धेरै ब्रोकरकहाँ कारोबार खाता खोली सेयर कारोबार गर्दै आइरहेकोमा नयाँ नियमअनुसार एक डिम्याट एक ब्रोकरबाट मात्र सेयर कारोबार गर्नुुपर्छ । 

लगानीकर्ताको एउटा बीओ आइडी एउटा ब्रोकरको टीएमएस, सिडिएससी र नेप्सेको नट्समा म्याचिङ हुुुन्छ, तर यस प्रणालीले आफ्नो ग्राहक(लगानीकर्ता) खोसिएको भन्दै ब्रोकरहरुबीच नै मनमुुटाव र किचलो उत्पन्न भइरहेको स्रोतको भनाइ छ । 

लगानीकर्ताले एउटा ब्रोकरबाट मात्रै सेयर कारोबार गर्न पाउने अवस्था आएपछि ब्रोकरहरुबीच तीव्र जलन र लफडा सुुरु भएको स्रोत दाबी गर्छ ।

आज भएको घटनाक्रम यसैको निरन्तरता हो । सामाजिक सञ्जालमा लगानीकर्ताले सेयर बेच्नै नपाइने भयो भन्दै कोलाहल मच्चाए, तर एकभन्दा धेरै ब्रोकरमा एउटा बीओ आइडी इण्टीग्रेड नहुुने भएकाले सेयर बेच्न नमिलेको हो । ब्रोकर परिवर्तन गर्न पनि एकदिन पर्खनुुपर्ने हुुन्छ । कारण ब्रोकरको टीएमएस, सिडिएससी र नेप्सेमा अपडेट हुुुनुुपर्ने भएकाले समय लागेको हो ।

बिजशालाले १५ दिनअगावै एक डिम्याट एक ब्रोकर सेयर कारोबार गर्ने पद्धतिको विकास हुुँदैछ भन्ने समाचार प्रकाशित गरिसकेको छ ।

अब ब्रोकर परिवर्तन कसरी गर्ने ?
लगानीकर्ताले २ वटा डिम्याट खाताबाट २ वटा ब्रोकरबाट सहजै धितोपत्र किनबेच गर्न सक्दछन् । तर, एउटा डिम्याट खाताबाट एउटा ब्रोकरको मात्रै सेयर किनबेच गर्न सकिन्छ । एउटा ब्रोकरमा अपडेट गरिएको डिम्याटमार्फत ५० वटै ब्रोकरबाट सेयर किन्न सकिने भए पनि बेच्दा चाहि सोही ब्रोकरमार्फत गर्नुपर्ने हुन्छ । 

लगानीकर्ताले ब्रोकर परिवर्तन गर्न चाहेमा हाल कारोबार गरिरहेको ब्रोकरलाई डिएक्टिभ गरिदिन आग्रह गर्नुुपर्छ अनि मात्र दोस्रो ब्रोकरमार्फत् सेयर बेच्न मिल्छ । तर, कुुनै पनि ब्रोकरले आफ्नो ग्राहक गुुम्दा कमिसन गुमाउनुपर्ने हुुुँदा डिएक्टिभ नगर्ने सम्भावना अधिक हुुन्छ । तर, ब्रोकर छनौटको अधिकारमा लगानीकर्ता स्वतन्त्र छन् ।

यदि तपाईँलाई कुुनै कारणले ब्रोकर परिवर्तन गर्नुुपर्ने भएको खण्डमा तपाईँले आफ्नै इमेलबाट नेप्सेको nepse_support@nepalstock.com   मा इमेल पठाउनुपर्छ । उक्त इमेल नट्स, सिडिएसी र टीएमएसमा अपडेट हुुनुुपर्छ । अपडेट हुुन भने एक दिन कुर्नुुपर्छ ।