काठमाण्डौ । भारतमा दोस्रो कोरोना भ्याक्सिनलाई मानिसमा परीक्षणको अनुमति दिइएको छ।

भारत सरकारले औषधि निर्माता कम्पनी जाइडसले तयार गरेको कोरोना भ्याक्सिनलाई मानिसमा परीक्षणको अनुमति दिएको हो। ‘जनावरमा गरिएको परीक्षणका क्रममा यो भ्याक्सिनले प्रतिरोधामक क्षमता बढाएको पाइयो’, जाइडसले शुक्रबार भनेको छ।

जाइडसले भारतको विभिन्न स्थानमा यही महिना १ हजार मानिसमा यो भ्याक्सिनको परीक्षण गरिने जानकारी दिएको छ। जाइडसले यो भ्याक्सिन मानिसमा गरिने परीक्षणलाई लिएर सुरक्षाको कुनै आशंका नरहेको र पूर्ण रुपमा सुरक्षित रहेको दाबी गरेको छ। 

जाइडसले अनुमति प्राप्त गर्नुभन्दा केही दिनअघिमात्र भारत सरकारले भारत बायोटेक कम्पनीलले बनाएको कोरोना भ्याक्सिनलाई पनि मानिसमा परीक्षणको मन्जुरी दिएको थियो। 

अहिले विश्वभर कोरोनाविरुद्ध सयौँ भ्याक्सिन विकासमा काम भइरहेको छ। हाल सबै मानिसमा परीक्षण भइरहेका छन् तर व्यावसायिक रुपमा प्रयोग गर्ने अनुमति भने पाइसकेका छैनन्।