काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी सामसुुङले यो वर्षको दोस्रो त्रैमासमा आफ्नो मुुनाफा २० प्रतिशतले बढेको अनुुमान लगाएको छ।

दक्षिण कोरियाको दिग्गज कम्पनी सामसुङले मुुनाफामा देखिएको यो वृद्धिले महामारीको प्रभावबाट आफूलाई बचाइराखेको उल्लेख गरेको छ। कम्पनीले गत जुुन महिनामा अन्त्य भएको त्रैमासमा कम्पनीले ६.८ बिलियन डलर मुुनाफा आर्जन गरेको अनुुमान लगाएको छ। यो वृद्धि गत वर्षको सोही अवधिको तुुलनामा २३ प्रतिशत बढी हो। 

सामसुुङले यसअघि बिक्रीमा ७ प्रतिशत अर्थात् ४३.६ बिलियन डलरको गिरावट आउने प्रक्षेपण गरेको थियो। एप्पल र हुुवाईजस्ता कम्पनीहरुलाई डिस्प्ले प्यानल र चिप्स आपूर्ति गर्ने गरेको सामसुुङ गत त्रैमासमा मुुनाफा आर्जन गर्ने पहिलो ठूलो प्राविधिक कम्पनी हो। 

कोरोना महामारीका क्रममा कम्पनीको मेमोरी चिप्समा व्यापक वृद्धि भएको छ। कोरोना नियन्त्रण र रोकथामका लागि जारी गरिएका लकडाउनका कारण विश्वभरका अर्बौं मानिसहरुले घरमा बसेर कामलाई निरन्तरता दिइरहेका छन् र अनलाइन गेम तथा फिल्महरु हेरिरहेका छन्। जसले गर्दा डेटा सेन्टरहरुमा चिप्सको माग अत्यधिक वृद्धि भएको छ। 

त्यस्तै सामसुुङको इलेक्ट्रोनिक युुनिटमा वृद्धि देखिएको छ। यो वर्षको दोस्रो त्रैमासमा सामसुुङको ५५ मिलियन युुनिट स्मार्टफोन बिक्री भएको थियो। बजारको एक अनुुसन्धानका अनुुसार सो अवधिमा २७ प्रतिशत बिक्री घट्ने प्रक्षेपण गरिएको थियो। 

विश्लेषकका अनुसार यात्रा र काममा लागिरहेको प्रतिबन्धका बाबजुुद पनि कम्पनीको इलेक्ट्रोनिक सामग्रीहरु जस्तै– स्मार्टफोन र टीभीको बिक्री अहिले पनि नाफामा चलिरहेको छ। 

लकडाउनबीच बन्द भएका रिटेल स्टोरहरुका कारण कम्पनीको मार्केटिङ खर्च घटेकाले स्मार्टफोनको मुुनाफामा वृद्धि भएको विश्लेषकहरुले बताएका छन्। – एजेन्सी