काठमाण्डौ । कोरोनाभाइरस संक्रमणका घटनामा देखिएको वृद्धिलाई आर्थिक पूनर्उत्थानले पन्छाउने विश्वासका साथ विश्व सेयर बजारमा निरन्तर वृद्धि देखिएको छ । यद्यपि लगानीकर्ताको पहेँलो धातु, सुनप्रतिको भोकलाई लिएर विश्लेषकहरु अझै बुुलिस नै देखिएका छन् । 

एसियाली इक्युुटि बजारमा साङ्घाई कम्पोजिट इन्डेक्सले नेतृत्व गरेसँगै बिहीबार चीनको सेयर बजारमा वृद्धि देखिएको छ । गत सोमबार सरकारको स्वामित्वमा रहेको चीनको सेक्युुरीटिज जर्नलको पहिलो पृष्ठमा प्रकाशित सम्पादकीय लेखलाई धेरैजसो लगानीकर्ताले सेयर खरीद गर्न आधिकारिक रुपमा प्रोत्साहन गरेको विश्लेषण गरेसँगै चीनको सेयर बजारमा वृद्धि देखिएको हो । 

बिहीबारको बिहानीसत्रमा युुरोपको सेयरबजारले पनि सकारात्मक अंकका साथ कारोबारको थालनी गरेको छ । त्यस्तै वाल स्ट्रिटले अर्काे नयाँ रेकर्ड नयाँ उचाइका साथ अघिल्लो सत्रको सुुखद अन्त गरेको छ। 

बजारका सहभागीहरुले आपतकालिन पुनर्उत्थानका लागि व्यापक रुपमा कदमहरु चालिने विश्वास लिएकाले कर्पाेरेट आम्दानीमा चाँडै नै वृद्धि देखिने विश्वास लिएकाले अमेरिकी बजारमा उछाल देखिएको हो । यसका साथै कोरोनाको महामारीको त्रासका कारण लगानीकर्ताहरुले सुुरक्षित क्षेत्रका रुपमा सुुनमा लगानी गर्दा बुुधबार प्राविधिक तहमा सुुनको मूल्य प्रति औंस १८०० डलर पुुगेको छ । 

सुनको मूल्यमा देखिएको उछाल सन् २०११ यताकै सबैभन्दा धेरै हो । 

ग्यालेक्सी डिजिटलका सिइओ र अध्यक्ष माइकल नोभोग्रेज भन्छन् “फेडेरल रिजर्भ र विश्वका केन्द्रीय बैंकहरुले धेरैभन्दा धेरै नोट छाप्ने कार्य गरे र अहिले सुन फेरि आफ्नो पुुरानो उच्चतम बिन्दुु अर्थात प्रति औंस १९५० डलरमा पुग्ने बाटोमा अग्रसर भइरहेको छ । मलाई लाग्दछ कि यो उचाइमा पुग्ने कार्यको हामीले सुुरुवात गरिसकेका छौं।” 

बिहीबार स्पट गोल्ड फ्युुचर्समा १८१३ प्रति ट्रोई औंसमा कारोबार भएको छ । बिहानीसत्रमा ०.२ प्रतिशतको वृद्धि देखिएको छ । 

कोरोना संक्रमितको संख्या १ करोड २० लाख नाघेपछि विश्वभर बढ्दो संक्रमण दरको चिन्ताले बुुधबार बजार यसैमा केन्द्रीत बनेको थियो । विश्वभर देखिएको स्वास्थ्य संकटले संसारभरका केन्द्रीय बैंकहरुलाई आर्थिक पुनरउत्थानका लागि व्यापक मात्रामा आपतकालीन पुनरउत्थानका योजनाहरु ल्याउन बाध्य पारेको छ । 

मन्दीका बिरुद्ध सुुन परम्परागतकालदेखि नै बचावको रुपमा प्रयोग हँुुदै आइरहेको छ । यसका साथै आर्थिक अवस्था खस्कँदा सुुनको मूल्य उकालो लाग्ने गरेको छ । तथापि वर्तमान समयमा सुुन र सेयरको मूल्य एकैसाथ उकालो लागिरहेको छ । 

विश्लेषहरुका अनुुसार उत्थानका लागि केन्द्रीय बैंकहरुबाट आउने योजनाहरु र अतिरिक्त पैसाको आपूर्तिले छोटो अवधि र दिर्घकालिन समयमा सुुनको मूल्य वृद्धि हुुनेछ । संकटको बेला लगानीकर्ताहरुले आफ्नो लगानीलाई विविधिकरण गर्ने भएकाले उनीहरुको पहिलो रोजाइमा सुुन पर्न आउँछ । 

सुुरक्षित लगानीको रुपमा सुुनमा गरिने ठूलो मात्राको लगानीले सुुनको भाउ बढ्न जान्छ । 

अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भ र चीनको केन्द्रीय बैंक पिपुुल्स बैंक अफ चाइनाले बजारमा नगद प्रवाह बढाइरहेकाले सुुनको मूल्यले अझै उचाई हासिल गर्ने बताइएको छ । 

विश्लेषकहरुका अनुुसार अबको १८ महिनामा सुुनको मूल्य प्रति औंस २५०० डलरसम्म पुग्नसक्छ । 

अन्तराष्ट्रिय बजारमा तीव्र गतिमा सुनको भाउ बढिरहँदा त्यसको प्रभाव नेपालको घरेलु बजारमा समेत पर्दै आएको छ । हाल नेपालमा प्रति तोला सुनको भाउ ९२ हजार रुपैयाँभन्दा बढी पुगिसकेको छ । यदि अन्तराष्ट्रिय क्षेत्रका विज्ञ तथा विश्लेषकहरुले गरेको प्रक्षेपण मिल्न गएमा नेपालमा समेत सुनको मूल्य अबको १८ महिनामा प्रति तोला १ लाख २८ हजार हाराहारीमा पुग्ने देखिन्छ ।