काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आज बुधबार काठमाण्डौको नरेफाँटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

बैंकले नरेफाँट क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो। अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै शाखाबाट बैंकिङ सेवा तथा सुविधा निरन्तर प्रदान गरिरहेको छ। 

सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ), एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटीएम कार्ड, ३०० भन्दा बढी व्यावसायिक केन्द्रबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंक ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ।