काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेले आफ्नो ब्रान्ड एम्बासडरमा अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ।

बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनमाका लागि अभिनेत्री खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो। माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अभिनेत्री खड्काले सझौतापत्रमा हस्ताक्षर गरेका छन्। 

अभिनय, समाज सेवा, युवा व्यवसायी एवं अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काका माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहँुच पुग्ने विश्वास बैंकले लिएको छ। अभिनेत्री खड्काले २० वर्ष लामो इतिहास बोकेको माछापुच्छ्रे बैंकसँग ब्रान्ड एम्बासडरका रुपमा आबद्ध हुन पाउँदा आफूलाई खुसी लागेको बताउँदै आगामी दिनमा बैंकलाई थप उचाइमा पुर्याउन आफ्नातर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन्। 

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १५९ वटा शाखा, १३४ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएम तथा १ हजारभन्दा बढी पीओएस मेसिनमार्फत ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ।