काठमाण्डौ । कार निर्माता कम्पनी भोल्सवागेनले यो वर्षको सुरुआती ६ महिनामा करिब ९४० मिलियन डलर घाटा व्यहोरेको छ।

कोरोना महामारीका कारण कारको बिक्री घटेपछि कम्पनी घाटामा गएको हो। गत वर्ष सोही अवधिमा कम्पनीले १० बिलियन युरो नाफा कमाएको थियो।

यो वर्ष कम्पनीको गुप्र सेल्स २३.२ प्रतिशत र डेलिभरी २७.४ प्रतिशतले घटेको छ। 

यसैबीच कम्पनीले लाभांस वितरण कटौती गर्ने निर्णय गरेको छ। कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०१९ का लागि प्रस्तावित प्रतिसेयर ६.५० युरो दिने निर्णयलाई संशोधन गर्दै प्रतिसेयर ४.८० युरो प्रदान गर्ने प्रस्ताव गरेको छ। यसका साथै कम्पनीले बढ्दो प्रतिस्पर्धा, अस्थिर विदेशी विनिमयम दर र कमोडिटी र कार्बन उत्सर्जनसम्बन्धी थप आवश्यकताको चुनौतीका बाबजुत पनि यो सम्रग वर्षमा नाफा कमाउने अनुमान लगाएको छ। – एजेन्सी