काठमाण्डौ । माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश गु्रप अफ हस्पिटालिटिबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जुकुमार थापा तथा सिद्वार्थ बिजिनेश गु्रप अफ हस्पिटालिटिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण न्यौपानेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले सिद्वार्थ बिजिनेश गु्रप अफ हस्पिटालिटी अन्तर्गतका देशका बिभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेण्ट, रिसोर्ट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनै पनि प्रकारका कार्डबाहकहरूले उक्त छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

हाल माछापुच्छ्रे बैंकले देशभर १५९ शाखा, १३४ शाखारहित बैकिङ्ग इकाई र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत सेवा दिंदै आएको छ ।