काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरुले अब काठमाण्डौको सुकेधारास्थित हाउस अफ इन्टेरियरबाट सेवा लिँदा विशेष छुट पाउने भएका छन्। 

बैंक र हाउस अफ इन्टेरियरबीच बैंकका ग्राहकलाई कम्पनीले दिने सेवामा तोकिएको शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा हाउस अफ इन्टेरियरका प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवाली र बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन्। 

यो सम्झौतापछि बैंकका ग्राहकले हाउस अफ इन्टेरियरका सेवाहरु जस्तै इन्टेरियर प्रडक्ट, इलेक्ट्रिसिटी, मार्बल, फर्निचर र फिक्सचर, फर्निसिङ, उडवक्र्स, थ्रीडी डिजाइन तथा अन्य इन्टेरियर डिजाइनिङमा आकर्षक छुट पाउने व्यवस्था गरिएको छ। 

बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरुमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ।