काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यावसायिक संस्थाहरुसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

बैंकले विभिन्न प्रतिष्ठित व्यावसायिक संस्थाहरुसँग सहकार्य गर्दै आफ्नो ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको हो। जसअन्तर्गत NEPMEDS Online Pharmacy, Easy Care Online Pharmacy, Alma Artes (Watch Company), Baje ko Sekuwa लगायत रहेका छन्।  यो सम्झौतापश्चात बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले ती कम्पनीबाट सेवासुविधा लिँदा १५% सम्मको छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकले ब्यालेन्स सर्टिफिकेट, चेक बुक, गुड फर पेमेन्ट चेक जारी शुल्क र अन्तरशाखा बैंकिङ कारोबार सेवा निःशुल्क गरेकोे छ। साथै, बैंकका ग्राहकले भिजा नेटवर्कअन्तर्गत जुनसुकै बैंकका एटीएमबाट विनाशुल्क रकम झिक्न सकिने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए।