काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १३८ कोरोना संक्रमित थपिएका छन् । 

थपिएको संख्यामध्ये सबैभन्दा बढी काठमाण्डौको रहेको छ । काठमाण्डौ जिल्लामा १०९ कोरोना संक्रमित थपिएका हुन् । यस्तै, ललितपुरका २१ जना र भक्तपुरका ८ जना संक्रमित समेत थपिएका छन् । 

पछिल्लो २४ घण्टामा काठमाण्डौसहित देशभर ४८४ कोरोना संक्रमित थपिएका छन् । 

यो अवधिमा देशभरबाट ६४ संक्रमित डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

हाल देशभर ७ हजार ६१३ जना सक्रिय संक्रमित रहेका छन् । 

पछिल्लो समय सरकारले रियल टाइम पीसीआर टेस्टको गति समेत बढाउँदै लगेको छ । जसअनुसार पछिल्लो २४ घण्टामा १० हजार ४८१ को पीसीआर परीक्षण भएको मन्त्रालयले  जनाएको छ । योसहित हालसम्म ४ लाख ७३ हजार १७९ जनाको पीसीआर टेस्ट भएको छ । 

बुधबारसम्म क्वारेन्टिनमा बस्नेको संख्या १४ हजार ८४६ रहेको छ ।