काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाभित्र १२७ नयाँ कोरोना संक्रमित फेला परेका छन्। 

उपत्यकामा भेटिएका थप संक्रमितमध्ये सबैभन्दा बढी काठमाण्डौ जिल्लाका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा मात्रै थप १११ संक्रमितको पहिचान भएको छ । 

यस्तै, ललितपुरबाट ११ र भक्तपुरबाट ५ जना संक्रमित थप भएका छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र देशभरका ३८ वटा प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा ५२५ जना कोरोना संक्रमित थपिएका छन् । 

योसहित हालसम्म नेपालमा संक्रमित भएकाहरुको कुल संख्या २४ हजार ९५७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ । 

पछिल्लो २४ घण्टाभित्र देशभरबाट १०९ संक्रमित निको भएर घर फर्किएका छन् । योसहित कुल डिस्चार्ज हुनेको संख्या १६ हजार ८३७ पुगेको छ ।