काठमाण्डौ । कोरोनाभाइर संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्ष इन्डोनेसियाको द्वीप बालीमा विदेशी पर्यटक आवागमनमा रोक लगाइने भएको छ।

बाली पर्यटकको एउटा मनपर्ने पर्यटकीय स्थल हो। त्यहाँका अधिकारीहरुले विदेशी पर्यटकको आवागमन अर्को महिनादेखि खुला गरिने भनेका थिए। तर इन्डोनेसियामा कोरोना संक्रमणको मामिला पुनः बढ्न थालेपछि अब यो वर्षभरि विदेशी पर्यटकलाई बाली प्रवेशमा रोक लगाउने निर्णयमा अधिकारीहरु पुगेका हुन्। 

पर्यटन बालीको प्रमुख आर्थिक स्रोतको रुपमा रहेको छ। यो निर्णय त्यहाँको अर्थव्यवस्था नराम्ररी प्रभावित हुने जानकारहरु बताउँछन्।

बालीका गर्भनर वयान कोस्टरले यो वर्षको अन्त्यसम्म बाली पर्यटकका खुला नरहने स्पष्ट पारेका छन्। यद्यपि उनले पर्यटकको आवागमन कहिलेदेखि खुला गरिने भन्ने विषयमा पनि प्रस्ट पारेका छैनन्।

बालीमा कोरोना संक्रमणबाट हालसम्म ४ हजार ५७६ जना संक्रमित भइसकेका छन्। त्यहाँ हालसम्म ५२ जनाको यो भाइरसबाट ज्यान गइसकेको छ।

पूरै इन्डोनेसियामा भने १ लाख ५५ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये ६हजार ७५९ जनाको मृत्यु भइसकेको छ। – एजेन्सी